जुनियर टेनिस शनिबारदेखि
शुक्रबार, २३ कात्तिक २०८१, १५ : १६

काठमाडौँ । बागमती प्रदेश टेनिस संघको आयोजनामा होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटीआई जुनियर टेनिस प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ ।
प्रतियोगितामा १४ वटा स्पर्धा समावेश गरिएको छ । प्रतियोगितामा एक सय २७ जना खेलाडीको सहभागिता रहने जानकारी टेनिसकी मुख्य प्रशिक्षक रेणुदेवी कोन्डाले दिइन् ।
प्रतियोगिताको कुल पुरस्कार राशी एक लाख ११ हजार रुपैयाँ रहेको छ । प्रतियोगिता नेपाल टेनिस संघको प्राविधिक सहयोग र होटल मिस्टिक माउन्टेनको मुख्य प्रायोजनमा हुन लागेको हो ।
प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा खेलाइने छ । प्रतियोगिता मंसिर १ गतेसम्म चल्ने जानकारी मुख्य प्रशिक्षक कोन्डाले दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?