सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग क्रिकेट

‘प्रसारण अधिकारका लागि स्टार स्पोर्टससँग अन्तिम चरणको छलफल’

शुक्रबार, २३ कात्तिक २०८१, १५ : ०४
शुक्रबार, २३ कात्तिक २०८१

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले निकट भविष्यमा आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को प्रसारण अधिकारका लागि स्टार स्पोर्टस नेटवर्क इच्छुक देखिएको छ ।

एनपीएलको स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स लिएको ब्रान्ड लजिकका अनुसार, स्पोर्टस च्यानल स्टार स्पोर्टस नेटवर्कसँग प्रसारण अधिकारका लागि अन्तिम चरणको छलफल भइरहेको छ । ब्रान्ड लजिकका प्रमुख कार्यकारी अधिकृत रोशन निरौलाले एनपीएलको प्रसारण अधिकारका लागि स्टार स्पोर्टस नेटवर्कसँगको छलफल सकारात्मक रहेको जानकारी दिए ।

उनले भने– “नेपाली क्रिकेट फ्यानहरू सधैँ खेलको प्रसारण गुणस्तरलाई लिएर चिन्तित हुनुहुन्छ । हामी नेपाली क्रिकेटलाई माया गर्ने समर्थकहरूको खेल हेर्दाको अनुभवलाई राम्रो बनाउने विषयप्रति निकै सचेत छौँ ।’

उनले स्टार स्पोर्टससँगको छलफल अन्तिम चरणमा रहेको पनि बताए । ‘एनपीएललाई विश्वस्तरीय लिग बनाउने हाम्रो लक्ष्यमा खेलको राम्रो क्वालिटीको उत्पादन र प्रसारण निकै महत्त्वपूर्ण हुन्छ । त्यसैले हामी प्रसारण अधिकारका लागि विश्वस्तरीय र अनुभवी कम्पनीहरूसँग छलफलमा थियौँ । स्टार स्पोर्टससँगको छलफल अहिले अन्तिम चरणमा पुगेको छ,’ उनले भनेका छन् ।

एनपीएपल आगामी मङ्सिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ । प्रतियोगितामा विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट, कर्णाली याक्स, काठमाडौँ गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ वटा टोलीको सहभागिता रहने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप