कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौँ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ । उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको हो ।
त्यसका लागि कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८१ जारी गरिएको छ । सोही अनुसार इच्छुक तथा योग्य व्यक्तिलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा दरखास्त दिन भनिएको छ ।
उपकुलपतिका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा विद्यावारिधि उपाधि प्राप्त गरेको हुनुपर्नेछ ।
कुनै विश्वविद्यालयको प्राध्यापक पदमा स्थायी नियुक्त भई सो पदको अनुभव हासिल गरेको, कृषि तथा वन विज्ञानको क्षेत्रको विशेष अनुभव हासिल गरेको लगायतका मापदण्ड तोकिएका छन् ।
त्यस्तै दरखास्त दिनु तत्काल अघि कुनै राजनीतिक दलको सदस्यता नरहेको समेत हुनुपर्नेछ । दरखास्त दिने अन्तिम दिनसम्म ६३ वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।
समितिले तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गर्नेछ । त्यसका लागि सिफारिसमा परेकामध्ये कृषि तथा वन विज्ञानको क्षेत्रमा विशेष अनुभव भएका व्यक्ति मध्येबाट कम्तीमा १÷१ जना पर्नेगरी तीन जनाको नाम सिफारिस गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक महासंघसँग सिंहदरबारमा मध्यरातमा वार्ता, सरकार सकारात्मक, ठोस निर्णय हुन बाँकी
-
राजस्थानको विष्फोटक व्याटिङले गुजरातलाई झट्का, सूर्यवंशीले गरे चमत्कार
-
तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन शुरु
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?