विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक मङ्सिर दोस्रो साता बस्ने
_1qjuxh3tvd_IfeJgiSm3i.jpg)
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक मङ्सिरको दोस्रो हप्ता बस्ने भएको छ । मंंसिर १० गतेदेखि केन्द्रीय कार्यालय कपिलवस्तुस्थित शिवगढीमा पार्टीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठक लगातार बस्न लागिएको हो ।
बैठकमा विगतमा भएका निर्णयको समीक्षा, पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता लगायत भावी रणनीति र कार्यदिशाबारे छलफल हुने विप्लवका सचिवालय सदस्य विमर्श आचार्यले जानकारी दिए । उनले केन्द्रीय समिति बैठक नियमित भएको बताए ।
यसअघि गएको वैशाखमा बसेको बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने र ०८४ को आम निर्वाचन उपयोग गर्ने निर्णय गरेको थियो । यस्तै मङ्सिर ९ गते नेकपाले पार्टी स्थापना दिवस भव्यरुपले मनाउने भएको छ । वैद्य नेतृत्वको नेकपा–माओवादीबाट ०७३ मा अलग भएपछि विप्लवले आफ्नै नेतृत्वमा पार्टी गठन गरेका थिए ।
माओवादीले पार्टी एकतासम्बन्धी निर्णय मङ्सिर १६ गतेपछि बस्ने केन्द्रीय समिति बैठकले गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क ७ लाख रुपैयाँ
-
बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमती प्रदेशको सर्वदलीय बस्दै
-
३५ किलो गाँजासहित एक जना पक्राउ
-
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
आजदेखि विमानस्थल सञ्चालन १८ घण्टा, मध्यपूर्वका एयरलाइन्सलाई क्यानको ‘सबक’