ट्रम्पले भने पनि म आफ्नो पद छोड्नेवाला छैन : फेड प्रमुख
शुक्रबार, २३ कात्तिक २०८१, १२ : ३१
वासिङ्टन डीसी । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)का प्रमुख जेरोम पावेलले आफ्नोबारे गरिएका अनुमानमा प्रतिक्रिया दिएका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको जितपछि पावेलको स्थितिबारे अनिश्चितता बढेको अड्कलबाजी तीव्र भइरहेको समयमा उनको प्रतिक्रिया आएको हो ।
ट्रम्प आफैँले उनलाई पद छोड्न भने पनि त्यसो नगर्ने पावेलले बताएका छन् । उनले भने, ‘ह्वाइट हाउसले आफूलाई राजीनामा दिने दबाब दिनु गैरकानुनी हो ।’
ट्रम्प प्रशासनको समयमा अमेरिकी अर्थतन्त्र कुन गतिमा अगाडि बढ्छ वा उनको नीतिले यसलाई कसरी असर गर्छ भन्नु जल्दबाजी हुने पनि पावेलले आफ्नो बयानमा उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार जनमुखी भएर चल्न सकेन : नेता खनाल
-
नुवाकोटको शेरा दरबारको १६४ रोपनी जग्गा प्रयोजन विपरीत भोगचलन गरेको सीआईबीको निष्कर्ष
-
मुआब्जा नपाएको रेलमार्ग प्रभावितको गुनासो
-
श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे काठमाडौँ आउँदै
-
विद्यालयको नाम र स्थान परिवर्तनमा विरोध भए निवेदन दिन काठमाडौँ महानगरको आग्रह
-
पश्चिम नेपालमा किन गइरहेको छ एकपछि अर्को भूकम्प ?