रुसी राष्ट्रपतिले ट्रम्पलाई दिए मौखिक बधाई

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मौखिक बधाई दिएका छन् ।
रुसमै आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पुटिनले ट्रम्पलाई विजयी भएकोमा बधाई दिएका हुन् ।
रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेसकोभका अनुसार पुटिनले बिहीबार एक कार्यक्रमलाई सम्बोधन गर्दै ट्रम्पलाई बधाई दिएका हुन् । आफू अमेरिकी जनताको विश्वासप्राप्त राष्ट्राध्यक्षसँग सहकार्य गर्न तयार रहेको पनि पुटिनले आफ्नो भाषणमा बताएको पेसकोभको भनाइ छ ।
पुटिनले ट्रम्पलाई ‘साहसी व्यक्ति’ भनेका छन् । पहिलो कार्यकालमा ट्रम्पलाई चारैतिरबाट ट्रम्पलाई सताउने काम भएको पनि पुटिनले बताएका छन् ।
रुसी राष्ट्रपति पुटिनले अहिलेसम्म ट्रम्पलाई औपचारिक रूपमा भने बधाई सन्देश पठाएका छैनन् ।
ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग आफ्नो वार्ता हुने सम्भावना औंल्याएकै समयमा पुटिनको तर्फबाट यस्तो प्रतिक्रिया आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’
-
१० बजे १० समाचार : देउवाको साथ पाएपछि गर्जिए ओली, आमाको मुख हेर्ने दिन आमाकै कसम खाए रवीन्द्र मिश्रले
-
स्रोत नखुलेको करिब ४३ लाख सहित युवक पक्राउ
-
बेंगलुरुसामु १६२ रनमै रोकियो दिल्ली, कसैले पनि बनाउन सकेनन् अर्धशतक
-
हत्कडीसहित अभियुक्त फरार