उपनिर्वाचनको तयारीमा कांग्रेसः बागमती र लुम्बिनी प्रदेशसँग छलफल गर्दै
शुक्रबार, २३ कात्तिक २०८१, १२ : १२

काठमाडौँ । मंसिर १६ मा हुने उपनिर्वाचनको तयारीमा रहेको नेपाली कांग्रेसले आज वाग्मती र लुम्बिनी प्रदेशका नेतृत्वसँग सोही विषयमा आवश्यक छलफल गर्दै छ ।
पार्टी महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको स्थानीय तह उपनिर्वाचन—०८१ केन्द्रीय संयोजन समितिले दुई प्रदेशका नेतृत्वसँग छलफल गर्न लागेको हो ।
समिति सदस्य तथा स्थानीय तह समन्वयको जिम्मेवारी पाएका केन्द्रीय सदस्य मधु आचार्यका अनुसार बैठक केहीबेरमा सुरु हुनेछ ।
‘हामी निरन्तर उपनिर्वाचन व्यवस्थापनमा जुटेका छौँ‚’ उनले भने‚ ‘आज वाग्मती र लुम्बिनीका साथीहरूसँग छलफल गर्दैछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ महिनाको पुँजीगत खर्च ३७.५ प्रतिशत
-
७ दशकदेखि स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट
-
समान चरित्र बोकेका बेंगलुरु र पञ्जाब आपसमा भिड्दै, पाँचौँ जितको खोजी
-
प्रदेशको शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा उच्चतम प्रयास भएको छ : मुख्यमन्त्री पाण्डे
-
३६७ किलो गाँजासहित ५ जना प्रहरीको नियन्त्रणमा
-
बागमतीका औद्योगिक ग्राम अलपत्र : न स्रोत छ, न व्यवस्थापन