अमेरिकाको अनुसन्धान ल्याबबाट भागे ४३ वटा बाँदर

वासिङ्टन डीसी । यतिबेला अमेरिकाको दक्षिणी क्यारोलिनाका प्रहरीहरू धुँइपताल गरेर बाँदर खोजिरहेका छन् । यी सामान्य बाँदर नभएर दक्षिणी क्यारोलिनाको अल्फा जेनेसिस नाम गरेको एउटा अनुसन्धान ल्याबका थिए ।
ल्याबका किपरले खोर खुलेर बन्द गर्न भुलेपछि बाँदर भागेका थिए । यो ल्याबमा मेडिकल परीक्षण र अनुसन्धानका लागि बाँदरको प्रजनन गरिन्छ । अधिकारीहरूले स्थानीय बासिन्दालाई घरका ढोका र झ्याल राम्रोसँग बन्द गरेर राख्न र कुनै बाँदर देखेमा तत्कालै जानकारी दिन भनेका छन् ।
भागेका अधिकांश बाँदर ३.२ केजीका पोथी बाँदर भएको यामासी प्रहरी विभागले भनेको छ । कुनै पनि अवस्थामा यी बाँदरको सामुन्ने नजान प्रहरीले सर्वसाधारणलाई भनेको छ । बाँदरलाई समात्न सो क्षेत्रमा जाल बिछ्याइएको पनि बताइएको छ ।
यी बाँदर निकै सानो भएकोले अहिलेसम्म यिनीहरूमा कुनै परीक्षा नगरिएको अनुसन्धान कम्पनीको भनाई छ । यो घटनालाई अल्फ जेनेसिसका सीईओ ग्रेग वेष्टरगार्डले निराशाजनक भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–बुटवल सडक विस्तार : दाउन्ने खण्ड दैनिक चार घण्टा बन्द
-
अछामको बान्नीगढी जयगढमा भीषण आगलागी, सात करोड बराबरको क्षति
-
सहकारीका सदस्यको स्वस्ति शान्ति गराउन बागलुङमा लगाइयो पुराण
-
‘असन्तुष्टि सम्बोधन नभए दलहरूभित्रै विद्रोह हुन सक्छ’
-
अफगानिस्तानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
-
शिक्षक आन्दोलनमा नेविसंघको ऐक्यबद्धता