त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प गौतमबुद्ध र पोखरा विमानस्थल बन्नुपर्छः महानिर्देशक अधिकारी
काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता र गुणस्तर अभिवृद्धिका लागि विमानस्थल मर्मतको काम सुरु गरेको जनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले कात्तिक २३ गते (आज) देखि करिब पाँच महिना दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल बिस्तार गर्न लागेको हो । प्राधिकरणले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत बिस्तार गर्ने तयारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसँगै समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन लागिएको छ ।
जसमा विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता वृद्धि गरी विमानस्थलको एयर ट्राफिक व्यवस्थापन गर्ने प्राधिकरणको लक्ष्य छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले विमानस्थल स्तरोन्नतिका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे । विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको भएपनि विमानस्थल मर्मत सुरु भएसँगै दैनिक १० घण्टा विमानस्थल बन्द रहनेछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतको लागि १० घण्टासम्म बन्द हुने भएसँगै विमानस्थलको विकल्प गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्नेछन् । प्राधिकरणले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई अन्तर्राष्ट्रिय उडान गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न आग्रह गरेको छ ।
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नसकेर प्राधिकरणले मर्मतको बहानामा त्रिभुवन अन्तर्राष्ट्रिय बन्द गरेको आरोप छ । तर प्राधिकरणका महानिर्देशक अधिकारीले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै हवाई भाडा पनि नियन्त्रणमा आउने बताए । उनले नेपालको प्रचलित कानुनले तोकेको सीमाको परिपालना गरी हवाई भाडाको कार्यान्वयन गर्ने सिद्धान्तविपरित उड्डयन क्रियाकलाप वायुसेवा कम्पनीहरूले गर्न नपाउने बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत गर्ने बहाना भन्दा पनि बाध्यताले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन लागिएको महानिर्देशक अधिकारीको भनाई छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको लागि तीन अन्तर्राष्ट्रिय विमान कम्पनीको उडान तालिका स्वीकृत भएको छ । प्राधिकरणले अन्य अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पनि उडान गर्न आग्रह गरेको छ । गौतमबुद्ध विमानस्थलमा अहिलेसम्म तीन वटा वायुसेवा कम्पनीको उडान तालिका स्वीकृत भइसकेको छ । जसमा थाई एयर एसिया,फ्लाई दुबई र जजिरा एयरलाइन्सको उडान तालिका स्वीकृत भएको छ । तीन कम्पनीले सेवा दिनेगरी प्राधिकरणले उडान तालिका स्वीकृत गरेको अवस्था छ ।
नेपालमा सबैभन्दा बढी कनेक्टिङ उडान गर्ने कम्पनी कतार एयरवयजले भैरहवामा १२ तारिकदेखि उडान गर्ने प्रस्ताव गरेको छ । त्यस विषयमा प्राधिकरणले अध्ययन गर्दैछ । कतार एयरवयजको स्वीकृत भएका भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनी चार वटा हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत गर्नुपर्छ । त्यसको सबैभन्दा बढी लाभ लिने भनेको एयरलाइन्सहरुले नै हो भनेर सहयोग भइरहेको अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियाल मड्रिड ला लिगाको दोस्रो स्थानमा, बार्सिलोना झन् तल ओर्लियो
-
प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब लय जारी, घरेलु मैदानमै हार
-
लिभरपुलको शीर्षता थप बलियो, टोटनह्यामको पोष्टमा ६ गोल
-
नबिल बैंकद्वारा भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण
-
विमानस्थल विस्तारको प्रस्ताव लिएर लुम्बिनीका नेता पर्यटनमन्त्रीको 'ढोकामा'
-
एनआरटी र चर्च ब्वाइजबीच झापा कपको उपाधि भिडन्त, कसले मार्ला बाजी ?