हजारौँ कर्मचारीलाई कामबाट निकाल्दै निशान
शुक्रबार, २३ कात्तिक २०८१, ११ : ०८

टोकियो । जापानी अटो निर्माता कम्पनी निशानले हजारौँ कर्मचारीलाई कामबाट निकाल्ने भएको छ ।
चीन र अमेरिका जस्ता मुख्य बजारमा विक्री घट्न थालेपछि कम्पनीले विश्वभर आफ्नो उत्पादन कटौती गरेको छ । यसैबिच खर्च बढाउने उपाय अन्तर्गत कर्मचारीलाई कामबाट निकाल्न थालिएको समाचारमा जनाइएको छ ।
कम्पनीका अनुसार विश्वभरका कारखानाबाट ९ हजार कर्मचारीलाई निकालिनेछ । कम्पनीले विश्व बजारमा आफ्नो उत्पादन २० प्रतिशतले घटाउँदै छ ।
रोजगारी कटौतीबाट कहाँ कहाँका प्रभाव पर्छ भनेर बीबीसीले कम्पनीसँग मागेको विस्तृत विवरणको निशानले जवाफ दिएको छैन ।
कम्पनीले सञ्चालन मुनाफा प्रक्षेपण पनि सन् २०२४ का लागि ७० प्रतिशतले घटाएको छ । कम्पनीले मुनाफा परिदृश्यमा कटौती गरेको यो दोस्रो वर्ष हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढी हाफ म्याराथनको उपाधि सेनाका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
-
१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?