माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक
शुक्रबार, २३ कात्तिक २०८१, १० : ५८

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । आइतबार दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको सचिव दिननाथ शर्माले जानकारी दिए ।
बैठकले केन्द्रीय समिति बैठकबारे निर्णय गर्ने बताइएको छ । साथै बैठकमा उपनिर्वाचनको तयारी, पछिल्लो राजनीति घटनाक्रमलगायतका विषयमा छलफल हुनेछ ।
आगामी मङ्सिर १६ गते स्थानीय तह उपनिर्वाचन हुन गइरहेको छ । राजनीतिक दलका गतिविधि उपनिर्वाचन लक्षित हुन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाका म्याथ्यू वेड गुजरात टाइटन्सको सहायक प्रशिक्षक
-
संविधानलाई संशोधन गरेर सर्वमान्य बनाउनुपर्छ : सांसद यादव
-
प्रदेश सभातिर धाएर के सन्देश दिन खोज्दैछन् प्रधानमन्त्री ?
-
अन्तिम खेलमा बेंगलुरुसँग पराजित भएपछि मुम्बई एलिमिनेटर खेल्न बाध्य, दिल्ली सिधै फाइनलमा
-
प्रदेश सभामा प्रधानमन्त्रीले सम्बोधन गर्नु संघीयताप्रतिको प्रतिबद्धता नै हो
-
पैतालीस कोठाको घैरुङ स्वास्थ्य चौकी निर्माण सम्पन्न