सुनमा ‘ट्रम्प प्रभाव' एक दिन पनि टिकेन, आज एकैदिन दुई हजार बढ्यो
शुक्रबार, २३ कात्तिक २०८१, १२ : २४

काठमाडौँ । अमेरिकामा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै घटेको सुनको भाउ दोस्रो दिन नै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि तोकेको मूल्य अनुसार सुनको भाउ एकैदिन दुई हजार रुपैयाँले बढेको हो ।
योसँगै छापावाला सुन प्रतितोला १ लाख ६६ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार ५०० रुपैयाँ थियो ।
त्यस्तै, चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १ हजार ९८० रुपैयाँ पुगेको छ । बिहीबार यस्तो मूल्य १ हजार ९६० रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार