आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ हुँदै

शुक्रबार, २३ कात्तिक २०८१, ०९ : ०२
शुक्रबार, २३ कात्तिक २०८१

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समितिको ५१ औँ बैठक आज बस्ने भएको छ । आज बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बैठक बस्न लागेको हो ।

बैठकमा सर्वोच्च अदालतको प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ गर्ने  कार्यसूची छ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि परेको उजुरीउपर आज सुनुवाइ हुने भएको हो । 

न्यायपरिषद्ले गत असोजमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप