ऊर्जा राज्यमन्त्रीको निर्माण कम्पनी अढाई वर्षका लागि कालोसूचीमा

काठमाडौँ । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङको कम्पनी अढाई वर्षका लागि कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सडक डिभिजन तुम्लिङटारको सिफासिमा उनको नेतृत्वमा रहेको कान्छाराम कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राखेको हो । उक्त कम्पनीसँग जोइन्ट भेन्चरमा माग गरिरहेको एनबी कन्स्ट्रक्सन समेत कालोसूचीमा परेको छ ।
यसबाहेक टेन्डी शेर्पाको मञ्चनजंगघा कन्न्स्ट्रक्सन कम्पनी, सुबित श्रेष्ठको बिरुवा कन्स्ट्रक्सनलाई २ वर्ष ६ महिनाकै लागि कालोसूचीमा परेको छ । सडक डिभिजन बुटवलको सिफारिसमा यो कम्पनीलाई कालोसूचीमा राखिएको हो । सोही डिभिजनको सिफारिसमा अर्को ठेक्कामा बिरुवा कन्स्ट्रक्सनलाई दुई वर्ष कालोसूचीमा राखिएको छ ।
त्यस्तै, विभिन्न सार्वजनिक निकायको सिफारिसमा अन्य दर्जन कम्पनीरतलाई समेत कालोसूचीमा राखिएको छ । त्यसमध्ये दुई वर्ष कालोसूचीमा पर्नेमा बिरुवा कन्स्ट्रक्सन सहित दुई कम्पनी, डेढ वर्ष कालोसूचीमा पर्नेमा तीनवटा ठेक्कामा पाँच कम्पनी र एक वर्ष कालोसूचीमा पर्नेमा ६ वटा ठेक्कामा आबद्ध सात कम्पनी रहेका छन् ।
कालोसूचीमा परेमामध्ये राज्यमन्त्री तामाङ नेपाली काँग्रेसबाट रामेछापबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद समेत हुन् । साउन १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई ऊर्जा राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवाह बन्धनमा बाँधिइन् ट्वाइलाइट अभिनेत्री क्रिस्टन
-
झारखण्डमा ८ संदिग्ध माओवादी मारिएको प्रहरीको दाबी
-
काठमाडौँ उपत्यका विकास प्राधिकरण अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा
-
परिवारका सदस्यलाई सैन्य कारबाहीको योजना साझा गरेपछि अर्को लफडामा अमेरिकी रक्षामन्त्री
-
निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगाम, पेन्सन पाउनेले वृद्धभत्ता नपाउने
-
खानामा तेल प्रयोग गर्न छोडियो भने शरीरमा के हुन्छ ?