बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

के ट्रम्पले इलन मस्कलाई पनि मन्त्री बनाउँलान् ?

शुक्रबार, २३ कात्तिक २०८१, ०३ : ३०
शुक्रबार, २३ कात्तिक २०८१

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अब उनको मन्त्रिपरिषद्‌मा कसले कुन स्थान पाउँलान् भनेर चर्चा सुरू भएको छ ।

ट्रम्पले मन्त्रीमा क-कसलाई चयन गर्लान् भन्नेबारे अहिले विभिन्न अड्कलबाजी भइरहेका छन् । 

कतिपयले चुनावी अभियानमा ट्रम्पको पक्षमा खुलेरै अभियान चलाएका विश्वकै धनीमध्येका एक व्यवसायी इलन मस्कको नाम समेत चर्चामा ल्याएका छन् । 

मस्कले ट्रम्पलाई जिताउन खुलेर प्रचारमात्रै गरेका थिएनन्, उनको पक्षमा माहोल बनाउन करोडौँ डलर समेत खर्च गरेका थिए । राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले इलन मस्कलाई 'अद्भूत व्यक्ति' र 'नयाँ स्टार' को संज्ञा दिए । मस्कले पनि ट्रम्पको प्रशंसा गर्दै आएका छन् । 

मस्कबाहेक ट्रम्पको मन्त्रिपरिषद्‌मा माइक पोम्पेओ, सुसी विल्स र रोबर्ट एफ केनेडी जूनियर लगायतको चर्चा रहेको छ । तर अहिलेसम्म ट्रम्पले त्यसबारे कुनै खुलाएका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप