कैलाली र कञ्चनपुरमा पनि छठको रौनक, अस्ताउँदो सूर्यलाई दिइयो अर्घ

धनगढी । पछिल्लो केही वर्षयता धनगढी उपमहानगरपालिकासहित कैलाली र कञ्चनपुर जिल्लामा पनि छठ पर्व हर्षोल्लास पूर्वक मनाउन थालिएको छ ।
धनगढीस्थित मोहनाघाट विधिपूर्वक सूर्य देवताको पूजा गरी छठ पर्व मनाइँदै आइएको छ । जसले छठको रौनकता बढाएको छ ।
छठ पर्वको मुख्य दिन बिहीबार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिएका छन् । मोहनाघाटमा पुगेका व्रतालुले छठको पूजा गरी सूर्यको उपासना गरेका छन् । सूर्यास्तअघि नै व्रतालुहरू धनगढीको मोहनाघाटमा पुगेर आ–आफ्नो छठघाट सजाइसकेका थिए । त्यसपछि अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरू आज जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिने प्रचलन रहिआएको छ ।
धनगढीमा बसोबास गर्दै आएका तराइवासीले यहीँका छठघाटमा पूजा आराधना गर्दै आएका हुन् ।
यसैबिच कञ्चनपुरको बेलौरीमा पनि छठ पर्व मनाइएको छ । बेलौरीस्थित स्याली नदीको तटमा रहेको छठघाटमा पूजाआजा गर्दै अस्ताउँदो सूर्यलाई अर्घ दिइएको स्थानीय व्रिजेश गुप्ताले जानकारी दिए । साथै कञ्चनपुरको महेन्द्रनगरस्थित ऐठपुरमा पनि छठ पर्व मनाइएको छ ।
छठमा व्रतालुले परिवारका सदस्यको दीर्घायु जीवन, सुख, शान्ति र समृद्धि, रोगव्याधिबाट बच्न, सन्तान प्राप्तिलगायत कामना गरी मनाउने प्रचलन रहिआएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म
-
जनक शिक्षाले पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न देशव्यापी अनुगमन गर्ने