१० दिने शिशु झाडीमा फाल्ने आमा प्रहरी नियन्त्रणमा

हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा सार्वजनिक शौचालय नजिकै झाडीमा १० दिने शिशु फाल्ने आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले झापाको अर्जुनधारा नगरपालिका–६ घर भई हाल काठमाडौँ बस्दै आएकी २८ वर्षीया मेनुका धिताललाई नियन्त्रणमा लिएको हो ।
उनले थाहा नगरपालिका धारापानीस्थित दिदीको घरमा आएको बेला आफ्नो १० दिने शिशु (बालक)लाई झाडीमा फालेको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले दिदीको घरबाटै नियन्त्रणमा लिएको हो ।
गत मंगलबार साँझ झाडीबाट शिशु रोएको आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी निरीक्षक सबिन बाबु अर्यालको नेतृत्वको प्रहरी टोलीले घटनास्थलबाट शिशुको उद्धार गरेको थियो ।
शिशु फाल्ने महिलाको खोजतलासका क्रममा स्थानीयले दिएको जानकारी अनुसार शिशुकी आमा मेनुका धिताललाई उनको दिदीको घरमा फेला पारेको प्रहरी निरीक्षक अर्यालले जानकारी दिए ।
४ वर्षअघि सवारी दुर्घटनामा श्रीमान् गुमाएकी धिताले फेसबुकबाट चिनजान भएको युवकसँगको सम्बन्धबाट शिशु जन्मिएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
उनको यसअघि २ जना सन्तान रहेका छन् । धितालको बयानको आधारमा युवकको खोजी कार्य थालिएको प्रहरी निरीक्षक अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षामा सधैँ चुनौती : कहाँबाट आउँछ साना हतियार ?
-
उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र एउटै रुखका दुई हाँगा : बाबुराम भट्टराई
-
‘विद्यालय शिक्षा ऐन नलगी घर फर्किँदैनौँ’
-
बैँकिङ प्रणालीबाट आज पनि ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक
-
सिराहामा यौन दुर्व्यवहारपछि युवतीको मृत्यु भएको घटना छानबिन गर्न गृहमन्त्रीको निर्देशन
-
प्रचण्डद्वारा सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन