गोदावरीमा जीवन विज्ञानको ‘स्वजागरण’ कार्यक्रम सम्पन्न
ललितपुर । बिहीबार मध्यान्ह ललितपुरको गोदावरीस्थित गोदावरी सनराइज सम्मेलन केन्द्र खचाखच भरिएको थियो । विभिन्न पेसा, व्यवसायी र उमेर समूहका व्यक्तिहरूको उपस्थितिले हल भरिएको थियो ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट यस सम्मेलन केन्द्रमा जीवन विज्ञानको ‘स्वजागरण’ कार्यक्रममा पाँच हजारभन्दा बढीको उत्साहजनक उपस्थिति थियो ।
१३ वर्ष अगाडि स्थापना भएको जीवन विज्ञानका रमेश नेपाल हलमा प्रवेश गर्ने बित्तिकै हलमा गडगडाहट ताली गुन्जियो । उनले स्वजागरण के हो ? कसरी स्वस्थ रहने ? जीवनमा कसरी खुसी हुने ? बारे आफ्नो प्रवचन दिए । यस्तै जीवन विज्ञानका एलपी भानु शर्माले ध्यानको महत्त्व र सरल ध्यान विधिका बारेमा प्रवचन दिएका थिए । शर्माले घर, कार्यालयमा सजिलै गर्न सकिने ध्यान विधिबारे सिकाएका थिए ।
गोदावरी नगरपालिका–३ का वडा अध्यक्ष सानुराजा घिमिरे (राज घिमिरे)को सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रमको प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, अतिथिका रूपमा जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
‘पूर्ण स्वास्थ्यका लागि स्वजागरण, सुख, शान्ति र समृद्धिको जागरण’ नारा दिइएको यो कार्यक्रम ललितपुरको गोदावरी नगरपालिकास्थित ३ नम्बर वडा कार्यालयको आयोजना तथा जीवनयोग प्रयोगशाला, टौखेल, ललितपुरको व्यवस्थापन र जीवन विज्ञान परिषद्, ललितपुरको सहकार्यमा आयोजना गरिएको थियो ।
७० भन्दा बढी देशमा फैलिएको जीवन विज्ञानले हालसम्म २२ सय ५० प्रशिक्षक जन्माइसकेको छ । ३ सय जीवनयोग प्रयोगशाला सञ्चालन गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?
-
१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म
-
मोदीले यसरी सम्झिए पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँगको गहिरो सम्बन्ध
-
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
-
भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना, अवस्था गम्भीर
-
सन् २०२४ मा विश्व खेलकुदले जसलाई गुमायो