जाजरकोटमा कांग्रेसले टुङ्ग्यायो उम्मेदवार, पहिला हारेकालाई नै दिइयो अवसर
जाजरकोट । जाजरकोटका दुई वटा स्थानीय तहमा हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । पालिका कमिटीको सिफारिसमा बिहीबार प्रदेश कमिटीले उम्मेदवारको टुङ्गो लगाएको हो ।
कांग्रेस प्रदेश कमिटी सभापति ललितजङ्ग शाहीले उपनिर्वाचन हुन लागेको जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखको उम्मेदवारका लागि इन्द्रा चन्द सिंहको नाम टुङ्गिएको रातोपाटीलाई बताए । यस्तै कुशे गाउँपालिका–७, को वडाध्यक्ष पदमा हुन लागेको उपनिर्वाचनको उम्मेदवार खम्बबहादुर सिंह बनेका छन् । कांग्रेस जाजरकोटका सभापति बेदराज सिंहले उनको पनि नाम एकल आएकाले टुङ्गिएको बताए ।
यस्तै जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको ०८० कार्तिक १७ गते भूकम्पमा परी मृत्यु भएपछि उपप्रमुख पद रिक्त थियो । सिंह ०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएकी थिइन् । गत निर्वाचनमा सिंह ५ हजार ४०६ मत पाएर विजयी भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुनिता बोहोराले ३ हजार ३९३ मत पाएकी थिइन् ।
अहिले कांग्रेसले उम्मेदवार बनाएकी इन्द्राचन्द सिंह सरिताकै भाइ बुहारी हुन् । पार्टीमा खासै सक्रिय नभए पनि कांग्रेसले उनलाई उम्मेदवार बनाएको हो । उनी अहिले क्रियाशील सदस्य मात्रै छिन् भने पूर्व शिक्षक हुन् ।
यस्तै कुशे–७, का वडाध्यक्ष मनबहादुर घर्तीको ०७९ असारमा मृत्यु भएको थियो । उनी ०७९ वैशाखमा भएको निर्वाचनमा माओवादीका तर्फबाट ३८० मत प्राप्त गरी विजय भएका थिए । उक्त ठाउँमा अहिले कांग्रेसले उठाएका खम्बबहादुर सिंहले ३१८ मत पाएका थिए ।
यद्यपि कांग्रेसले पराजित भएका व्यक्तिलाई नै पुनः उम्मेदवार बनाएको छ । सिंह पार्टीको उक्त वडा कमिटी सभापति हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर जिल्लाभित्र बसोबास गर्ने माओवादी केन्दीय नेताहरुसँग छलफल
-
मनलाई जिते जित : आचार्य महाप्रज्ञले मनलाई देखाएको बाटो
-
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
-
स्याउ किसानसँग मुख्यमन्त्री : किसानका गुनासै गुनासा, सक्दो सहयोग गर्ने प्रतिबद्धता
-
३४ बिरामीको घुँडाको शल्यक्रिया
-
मुक्तिनाथ पुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी