इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा चार जनालाई मृत्युदण्डको सजाय
बिहीबार, २२ कात्तिक २०८१, १६ : ४२

तेहरान । इरानको एक अदालतले इजरायलका लागि जासुसी गरेको आरोपमा चार जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।
इरानी समाचार एजेन्सी फार्सको रिपोर्टअनुसार चार अपराधीहरूको राष्ट्रियता खुलासा गरिएको छैन । तर उनीहरूमाथि सन् २०२० मा इरानी आणविक वैज्ञानिक मोहसेन फख्रिजादेहको हत्यामा प्रयोग भएको हतियार बोकेको र इजरायली गुप्तचर एजेन्सी मोसादलाई सहयोग गरेको आरोप छ ।
फख्रीजादेहलाई परमाणु हतियार क्षमता विकास गर्न गोप्य इरानी कार्यक्रमको मास्टरमाइन्ड मानिन्छ । इजरायल सुरुदेखि नै इरानको शत्रु राष्ट्र भन्दै आएको छ । यस्तो अवस्थामा इजरायली गतिविधिलाई लिएर इरानी प्रशासन निकै सजग रहने गरेको छ । इरानले विगतमा पनि इजरायली जासुसविरुद्ध कडा कारबाही गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घरेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली