बढ्दो वायु प्रदूषणका कारण लाहोरमा हजारौँ मानिस बिरामी
बिहीबार, २२ कात्तिक २०८१, १६ : ३३

लाहोर । पाकिस्तानको पन्जाब प्रान्तको राजधानी लाहोरमा अत्यधिक वायु प्रदूषणका कारण हजारौँ मानिस अस्पताल जान बाध्य भएका छन् ।
चिकित्सकहरूको सल्लाहमा अधिकारीहरूले मास्क लगाउनेलगायत अन्य निर्देशनहरू पालना नगरे पूर्ण रूपमा लकडाउन लाग्न सक्ने चेतावनी दिएका छन् ।
मानिसहरू मास्क नलगाई सडकमा हिँडिरहेको देखेपछि यस्तो चेतावनी दिइएको हो । धेरैजसो मानिसमा खोकी लाग्ने र आँखा पोल्ने समस्या देखिएको चिकित्सकहरूले बताएका छन् ।
गत हप्तामा, श्वासप्रश्वास समस्याबाट पीडित हजारौँ मानिसहरूले अस्पताल र क्लिनिकहरूमा उपचार गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि नयाँ ब्याजदर लागु, कुन बैंकको बढ्यो, कुन बैंकको घट्यो ?
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
-
आन्दोलनमय बन्ने भयो चैत महिना, गणतन्त्रवादीदेखि राजावादीसमेत सडकमा उत्रिँदै
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
सेक्ससँग जोडिएको सात प्रकारको डर जसले धेरैलाई तनावमा पार्छ
-
आंगिक क्याम्पस खोज्दै बागमती विश्वविद्यालय