स्थानीय तह उपनिर्वाचन : दैलेखमा कांग्रेसले लगायो उम्मेदवारको टुंगो

सुर्खेत । स्थानीय तहको उपनिर्वाचनका लागि नेपाली कांग्रेस दैलेखले उम्मेदवारको टुंगो लगाएको छ ।
बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले महावु गाउँपालिकाको अध्यक्षको लागि झलकबहादुर भण्डारी र दुल्लू नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि रेशम बहादुर शाहीको नाम टुङ्गिएको कांग्रेस दैलेखका सभापति मणिराम रेग्मीले रातोपाटीलाई जानकारी दिए ।
‘आज हामीले दुई जनाको नाममा निर्णय गरेर केन्द्रमा पठाएका छौँ,’उनले भने, ‘दुबै जना युवा र सम्भावना बोकेका नेताहरू हुनुहुन्छ ।’
यी दुई ठाउँमा यसअघि ०७९ को स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरूको निधन भएकाले उपनिर्वाचन हुन लागेको हो ।
कांग्रेसबाट निर्वाचित महावु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको ०७९ माघ २७ गते हृदयघातका कारण निधन भएको थियो ।
उनले त्यो बेला एमालेका हरिप्रसाद उपाध्यायलाई पराजित गरेका थिए । गुरुङले २९ सय ९ मत प्राप्त गरेका थिए भने एमालेका उपाध्यायले २५ सय १९ मत प्राप्त गरेका थिए । यस्तै समाजवादीको उम्मेदवारले १३ सय मत प्राप्त गरेका थिए ।
कांग्रेस जिल्ला सभापति रेग्मीले महावुका कांग्रेसको जनमत राम्रो रहेकोले कांग्रेसले सहजै जित्ने दाबी गरे । उम्मेदवार बनाइएका भण्डारी युवा नेता हुन् । उनी यसअघि पार्टीको जिल्ला समिति सदस्य, नेपाल विद्यार्थी संघ मध्यपश्चिम विश्वविद्यालयका सभापति समेत भइसकेका व्यक्ति हुन् ।
यस्तै दुल्लू–१३, को उम्मेदवार बनाइएका रेशम बहादुर शाही यहाँभन्दा पहिला वडा कमिटी सचिव र अहिले नगरकार्य समितिको कोषाध्यक्ष रहेका छन् । उनी जनतामा लोकप्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा
-
राप्तीमा गोहीको गुँड खोज्दै चितवन राष्ट्रिय निकुञ्ज
-
पत्रकार हत्याको विरोधमा सडकमा उत्रियो महासंघ
-
एकीकृत समाजवादीको पार्टी कार्यालय अनुगमन गर्न पुगे मोर्चाका नेता
-
ज्ञानेन्द्र समर्थकको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण
-
ज्ञानेन्द्रलाई समेत नजरबन्द वा पक्राउ गर्न खोजिएको भन्दै सुवेदीले निकाले यस्तो विज्ञप्ति