डोनाल्ड ट्रम्पविरुद्ध चलेका छन् कयौँ मुद्दा, अब के हाेला ?
बिहीबार, २२ कात्तिक २०८१, १५ : ३७

वासिङ्टन डीसी । भर्खरै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनी विरुद्ध कयौँ मुद्दाहरू चलिरहेका छन् ।
अमेरिकामा बीबीसीसँग सम्बद्ध सीबीएस रिपोर्टअनुसार न्याय मन्त्रालय र अमेरिकी विशेष अधिवक्ता ज्याक स्मिथले ट्रम्पविरुद्धको सङ्घीय आरोप हटाउनेबारे छलफल गरिरहेका छन् । यो छलफलको पछाडि अमेरिकामा लामो समयदेखि वर्तमान राष्ट्रपति माथि कुनै पनि अभियोग नचलाउने नीति भएको समाचारमा स्रोतलाई उद्धृत गर्दै भनिएको छ ।
स्मिथले यतिबेला ट्रम्पविरुद्ध धेरै मुद्दाहरूको अगुवाइ गरिरहेका छन् । ट्रम्प छिट्टै पहिलो अमेरिकी राष्ट्रपति बन्नेछन् जसविरुद्ध धेरै मुद्दा विचाराधीन रहेको छ । यी मुद्दाहरूमा गोप्य कागजातहरू गलत ह्यान्डलिङ गरेको देखि सन् २०२० को राष्ट्रपति चुनावको नतिजा उल्टाउने प्रयाससम्म रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग