राष्ट्रपति चुनाव जितेर पनि ७४ दिनसम्म पदमा बस्न पाउने छैनन् ट्रम्प
बिहीबार, २२ कात्तिक २०८१, १५ : ०७

वासिङ्टन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन् । बुधवारको मतगणनापछि उनी फेरि एकपटक ह्वाइट हाउसमा फर्किने भएका हुन् । तर यो पद सम्हाल्न अब उनले कम्तीमा ७४ दिन कुर्नुपर्नेछ ।
अमेरिकी राष्ट्रपति चुनावको परम्परा अनुसार पुरानो राष्ट्रपतिले नयाँ निर्वाचित राष्ट्रपतिलाई शक्ति हस्तान्तरण गर्छन् । यस प्रक्रिया अन्तर्गत नयाँ अमेरिकी राष्ट्रपतिले आफ्नो शपथ लिन्छन् र त्यसपछि उनको कार्यकाल सुरु हुन्छ ।
ट्रम्पको शपथ ग्रहण समारोह जनवरी २० भन्दा पहिले हुनेछैन । त्यतिन्जेल वर्तमान राष्ट्रपति जो बाइडेन ह्वाइट हाउसमै रहनेछन् । तथापि, राजनीतिक रूपमा भने बाइडेनसँग निकै सीमित शक्ति र अधिकार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई दिएको सहायताभन्दा धेरै रकमको रुसी तेल किनेको भन्दै युरोपप्रति ट्रम्प आक्रोशित
-
पोखरा महानगरका मेयर र प्रमुख प्रशासकीय अधिकृत विरुद्धको मुद्दामा सुनुवाइ हुँदै
-
कांग्रेसद्वारा प्रदेश तहमा संविधान संशोधनको एजेन्डामा छलफल, विश्वस्त छैनन् विपक्षी दल
-
रुसमाथिको प्रतिबन्ध हटाउँदैछन् ट्रम्प ?
-
ट्राफिक व्यवस्थापन तथा सुरक्षामा प्रहरी र समुदायसँगसँगै
-
संघीय अस्पतालमा थन्किएका ५ सय अस्पताल उपकरण मर्मत