दिल्लीको प्रदूषण : गीता कोलोनीमा छठ पूजालाई उच्च अदालतले दिएन अनुमति
![दिल्लीको प्रदूषण : गीता कोलोनीमा छठ पूजालाई उच्च अदालतले दिएन अनुमति](https://npcdn.ratopati.com/media/news/dilli-polu_Om9YPm1tOk.jpg)
नयाँ दिल्ली । दिल्ली उच्च अदालतले बुधवार गीता कोलोनीको यमुना घाटमा छठ पूजाका लागि अनुमति माग्ने जनहित याचिका खारेज गरेको छ । प्रधानन्यायाधीश मनमोहन र न्यायाधीश तुषार राव गडेलाको संयुक्त इजलासले पूर्वाञ्चल नवनिर्माण संस्थानले दायर गरेको निवेदन खारेज गर्दै प्रदूषणको स्तरलाई ध्यानमा राख्दै यमुना नदीको यस भागमा छठ पूजा गर्न दिनु भक्तजनका लागि खतरनाक हुनसक्ने बताएको छ ।
लाइभ ल को समाचारअनुसार दिल्ली सरकारको तर्फबाट अदालतमा उपस्थित अधिवक्ता सन्तोषकुमार त्रिपाठीले यमुना यस भागमा अत्यधिक प्रदूषित भएको अदालतलाई बताएका थिए । यहाँ छठ पूजा गर्न दिएमा बिरामी पर्ने सम्भावना भएको बताइएको थियो ।
दिल्ली सरकारले राजधानीमा छठ पूजाका लागि १ हजार स्थान पहिचान गरेको र त्यसका लागि पर्याप्त व्यवस्था पनि गरिएको उनले बताए । त्यसपछि अदालतले यो जनहित याचिका खारेज गरिदियो । छठ पर्वको तेस्रो दिन अर्थात आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीतिगत र कानुन सुधार गृह मन्त्रालयको पहिलो काम हो : गृहमन्त्री लेखक
-
खानेपानी मन्त्रीको कार्यकक्षमा आगलागी : पचास लाख बराबरको क्षति
-
पुस्तक, कुकुर र राजा
-
अन्तिम शनिबार सालीनदी मेलामा थेगिनसक्नु भीड, कमाउन बस्नेहरू मालामाल (तस्बिरहरू)
-
सत्ता अभ्यासका लागि राजेन्द्र महतोले गठन गरे नेवा: राष्ट्रिय परिषद्
-
पक्राउ पुर्जी जारी भएपछि के भने सोनु सूदले ?