नेपालद्वारा कुवेतसामु १ सय ३१ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ र आईसीसी यू–१९ महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोटमा प्रतियोगिताको दोस्रो खेलमा कुवेतसामु १ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३० रन बनाएको हो ।
कप्तान पूजा महतोले सर्वाधिक ३४ रनको योगदान दिइन् । रनआउट हुनअघि उनले ३८ बलमा ४ चौका प्रहार भइन् । ओपनर साना प्रवीणले १८ बलमा २५ रन जोडिन् । उनले आफ्नो इनिङ्समा ५ चौका प्रहार गरिन् ।
ज्योत्सनिका मरासिनीले मात्र १८ बलमा २३ रन जोडिन् । उनले १ चौका हिर्काइन् । अलिसा कुमारी यादवले १५ रन बनाइन् । उनले १० बलमा १ चौका प्रहार गरिन् ।
सावित्री धामी र सोनी पाख्रिनले ६–६ रन बनाए । सीमा केसीले ४ रन बनाइन् ।
कुवेतका लागि आयेशा इक्बाल पेवेरले २ विकेट लिइन् । उनले ४ ओभरमा १७ रन मात्र खर्चिएकी थिइन् । अमिसा राम ओलाचेरी र जिफा जिलानीले १–१ विकेट हात पारिन् ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले हराएको थियो । पहिला ब्याटिङ गर्दा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रन बनाएको थियो । जवाफी ब्याटिङमा थाइल्याण्डले ११.४ ओभरमा सबै विकेट गुमाएर ३५ रन मात्र बनाउन सक्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संसदमा पेस गर्न समितिको निर्देशन
-
रविलाई हिरासतमा राख्न अदालतको आदेश
-
रवि लामिछानेको बहस स्थगित, ४ जनाले गरे बहस
-
सत्तामा एकाएक बढ्यो जसपा नेपालको ‘बार्गेनिङ पावर’
-
चलचित्र विकास बोर्डले गर्यो विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान
-
भन्सारका प्रविधियुक्त उपकरणलाई भरपुर रूपमा प्रयोग गरिएको छैन : सांसद कार्की