बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

‘बम्बे’ फिल्म गर्न चाहँदिन थिइन् मनिषा, भनिन्- आमाको भूमिका निभाए कहिल्यै हिरोइन बन्दिनस् भन्थे

बिहीबार, २२ कात्तिक २०८१, १२ : ११
बिहीबार, २२ कात्तिक २०८१

काठमाडौँ । मनिषा कोइरालाले सन् १९९५ मा फिल्म ‘बम्बे’मा शैला बानुको भूमिका निभाएकी थिइन् । हालै एक अन्तर्वार्ताका क्रममा उनले यो चरित्रसँग जोडिएको एउटा किस्सा साझा गरेकी छन् । 

मनिषाले सुरुमा यो चरित्र निभाउनेमा धेरै शङ्का लागेको बताइन् । धेरैले उनलाई आमाको भूमिका निर्वाह गरेर टाइपकास्ट हुनसक्ने बताएका थिए । यद्यपि, एक सल्लाहले उनको दृष्टिकोण परिवर्तन गर्‍यो र उनले यो भूमिका लिने निर्णय गरिन्।

एएनआईसँग कुरा गर्दै मनिषाले भनिन्, ‘जब मलाई बम्बे फिल्मको अफर आयो, म अलि सोझी थिएँ । मेरो वरपरका मानिसहरूले मलाई यो भूमिका नगर्न भनिरहनुभएको थियो, किनभने यसमा मैले दुई सन्तानकी आमाको भूमिका निर्वाह गर्नुपर्ने थियो। आमाको भूमिका निर्वाह गरेमा नायिकाको भूमिका नपाउने डर थियो ।’

मनिषाले थपिन्, ‘यस समयमा सिनेमेटोग्राफर अशोक मेहताले मलाई मणिरत्नमको कामको बारेमा जान्न र यो ठुलो अवसरलाई कुनै पनि हालतमा नगुमाउन सल्लाह दिनुभयो । मणिरत्नमसँग काम गर्नु ठुलो अवसर साबित हुन सक्ने उहाँको भनाई थियो ।’

‘जब मैले मणि सरलाई भेटेँ, उहाँको समझदारी, नम्रता र रचनात्मक शैलीले मलाई धेरै हौसला दिएको थियो । यसपछि एकता र परिवार जस्तै बस्ने भन्ने फिल्मको सन्देश पनि मन पर्‍यो,’  उनले भनिन्, ‘लुक टेस्टको क्रममा, मैले बुझेँ कि उहाँले केही विशेष र फरक सिर्जना गर्दै हुनुहुन्छ।’

‘मणि सरसँग काम गरेर धेरै कुरा सिकेको छु । उनको सट लिने तरिका र उनको प्रयोग एकदम फरक छ। उहाँ गुरु हुनुहुन्छ। र म अशोक जीलाई धन्यवाद दिन्छु, जसले मलाई गाली गरेर सही बाटो देखाउनुभयो,’ मनिषाले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप