अमेरिकी राष्ट्रपति बाइडेनले ह्वाइट हाउसमा बोलाए ट्रम्पलाई
बिहीबार, २२ कात्तिक २०८१, १२ : ०८

वासिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा बोलाएका छन् । ट्रम्प अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित भए पनि केही औपचारिक प्रक्रिया पूरा गरी आगामी जनवरी २० देखि सत्ता सम्हाल्दैछन् ।
अमेरिकी राष्ट्रपति बाइडेनले ट्रम्पलाई विजयी भएकोमा बधाई दिनका लागि फोन गरेको बताइएको छ । साथै ट्रम्पलाई सत्ता हस्तान्तरण प्रक्रियाबारे छलफल गर्न बाइडेनले ह्वाइट हाउसमा बोलाएको ट्रम्प अभियानका प्रवक्ता स्वीवन चाङ्गले जनाएका छन् ।
‘ट्रम्प बैठकको प्रतीक्षा गरिरहनुभएको छ, जो चाँडै नै हुनेछ । उहाँले बाइडेनको बोलावटलाई प्रशंसा गर्नुभएको छ ।’
अमेरिकी राष्ट्रपति चुनावको परम्परा अनुसार राष्ट्रपतिले सामान्य रुपमा नवनिर्वाचित राष्ट्रपतिलाई ह्वाइट हाउसमा आमन्त्रित गर्दछन् । तर ट्रम्पले सन् २०२० मा आफू पराजित भएपछि यो परम्परा तोडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीमा गाडीले च्यापेर एक जनाको मृत्यु
-
चाइना साउदर्न एयरलाइन्सले काठमाडौं-ग्वाङ्झाउ रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने
-
‘नरसिंहाः अवतार’ मा राजसँग रोमान्टिक अवतारमा देखिइन् सनिषा
-
भक्तपुरमा बिस्केट जात्रा सुरु
-
चैत २८ लाई ‘राष्ट्रिय मोही दिवस’ को रूपमा मनाउने घोषणा
-
सिंहदरबारमा शिक्षक महासंघ र सरकारबिच छलफल सुरु