सलमान खानलाई धम्क्याउने विश्नोई समातिए, मागेका थिए ५ करोड भारु
नयाँ दिल्ली । बलिउड सुपरस्टार सलमान खानका नाममा मुम्बई ट्राफिक प्रहरीको कन्ट्रोल रुममा धम्कीपूर्ण सन्देश पठाउने व्यक्ति जलाराम बिश्नोईलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार लरेन्स बिश्नोईका भाइ दाबी गर्ने बिकाराम जलाराम बिश्नोई राजस्थानको जालोर जिल्लाका मूल निवासी हुन् । उनलाई कर्नाटकका विकारामबाट पक्राउ गरिएको हो ।
सलमान खानलाई नोभेम्बर ४ मा अर्काे एउटा धम्की आएको थियो । धम्की दिने व्यक्तिले उनीसँग ५ करोड रुपैयाँ मागेका थिए । उनले आफू जेलमा रहेका गुण्डा नाइके लरेन्स विश्नोईको भाइ भएको दाबी गरेका थिए ।
कर्नाटकको हुब्बलीमा एक संदिग्धलाई पक्राउ गरिएको थियो । त्यसपछि मुम्बई प्रहरीले एक टोलीलाई त्यहाँ पठाएको थियो । पेशाले वेल्डर काम गर्ने ती व्यक्तिलाई मुम्बई प्रहरीले सोधपुछपछि पक्राउ गरेको हो ।
धम्कीमा अभिनेतालाई दिइएको थियो दुई विकल्प
मुम्बई पुलिसलाई लरेन्स बिश्नोई गिरोहबाट सलमानको नाममा धम्कीपूर्ण सन्देश आएको थियो । धम्कीमा, अभिनेतालाई जीवित रहन माफी माग्न वा पाँच करोड भारु भुक्तानी गर्ने भनेर दुई विकल्प दिइएको थियो । एक हप्तामा सलमानलाई आएको यो दोस्रो धम्की थियो ।
व्हाट्सएपमा आएको थियो धम्की
प्रहरी स्रोतका अनुसार मुम्बई पुलिसको ट्राफिक कन्ट्रोल रुमलाई गैंगस्टर लरेन्स विश्नोईको नामबाट व्हाट्सएपमा धम्कीपूर्ण सन्देश आएको थियो । ट्राफिक कन्ट्रोल रुममा पठाइएको सन्देशमा धम्की दिने व्यक्तिले आफू लरेन्स विश्नोईको भाइ भएको दाबी गरेका थिए । सलमान खान बाँच्न चाहन्छन् भने विश्नोईहरूको मन्दिरमा गएर माफी माग्नुपर्ने होइन भने ५ करोड भारु दिनु पर्ने भनिएको थियो । अभिनेताले यसो गरेनन् भने उनको हत्या गरिने र आफ्नो गिरोह अझै सक्रिय रहेको समेत धम्कीमा भनिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको लस एन्जेलसमा भिषण आगलागी, दुईको मृत्यु, कयौँ घाइते
-
१२ बजे, १२ समाचार : ऋषिकेष पत्नी अन्जला अदालत उपस्थित भएकै दिन १० लाख बुझाएर रिहादेखि दुर्गा प्रसाईं समर्थकले उद्योगीलाई धम्काएको आरोपसम्म
-
कक्षा ९ देखि १० को पाठ्यक्रम समसामयिक बनाउन निर्देशन
-
भूकम्पको पीडामा चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका साथमा छौँ : माओवादी
-
जापान सागरको क्षेत्रमा भारी हिमपातको चेतावनी
-
खुम्बु क्षेत्रमा भूकम्पको परकम्प