एकैदिन सुनको मूल्य ४ हजार रुपैयाँ घट्यो
बिहीबार, २२ कात्तिक २०८१, ११ : ५२
_YGekEHJqhM.png)
काठमाडौँ । नेपाली बजारमा एकैदिन सुनको मूल्य तोलामा ४ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ४ हजार रुपैयाँ घटेर तोलामा १ लाख ६४ हजार ५०० रुपैयाँ कायम भएको हो ।
यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा २ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युनिटी ठगी प्रकरण : संलग्नलाई कैद, पीडितलाई कम्पनीको सम्पत्ति बेचेर भुक्तानी गरिने
-
वीरगञ्जमा पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही माग
-
हङकङलाई हराउन नेपालले ११६ रन बनाउनुपर्ने, युवराजले लिए ४ विकेट
-
एन्टी बायोटिक औषधिको असर घट्दा गइसक्यो ३० लाख बच्चाको ज्यान
-
सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धि : चैतमा १२ हजार भित्रिए
-
पदक विजेता बक्सिङ खेलाडीलाई स्वागत, तस्बिरहरू