सय अर्बको निक्षेप उपकरणमा बैंकहरुले दिए दोब्बर आवेदन
![सय अर्बको निक्षेप उपकरणमा बैंकहरुले दिए दोब्बर आवेदन](https://npcdn.ratopati.com/media/news/nepal-rastra-bank-nrb_S0CWQ0iKGx.jpg)
काठमाडौँ । राष्ट्र बैंकले १०० अर्बका लागि जारी गरेको निक्षेप उपकरणमा दोब्बर माग परेको छ । बुधबार राष्ट्र बैंकले खुला बजार हस्तक्षेप अन्तर्गत गरेको बोलबकोलमा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ७ अर्ब रुपैयाँ बराबरको आवेदन दिएका हुन् । २५ वित्तीय संस्थाले ६६ वटा बोलपत्र मार्फत् सो बराबरको निक्षेप राख्न आवेदन दिएको राष्ट्र बैंकले जनाएको छ ।
बुधबार संकलित निक्षेपका लागि २.९५ प्रतिशतसम्म ब्याजदर बोलकबोल गर्ने बैंकले निक्षेप उपकरण खरिद गर्न पाएका छन् । न्यूनतम २.७२२५ प्रतिशतसम्म ब्याजदर कबोल गरेका थिए । औसतमा भने २.८६७१ प्रतिशत ब्याजदर कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
यसअघि एक सय अर्बको बोलकबोल गर्दा जम्मा ३२ अर्ब रुपैयाँका लागि मात्रै आवेदन परेको थियो । त्योबेला बैंकहरु स्थायी निक्षेप सुविधा लिनतिर लाग्दा आह्वान गरिएकोभन्दा कम आवेदन परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजा किन्ने भनाइमा अडिग छन् ट्रम्प
-
अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु : शेखर कोइराला
-
नायक सलोन बस्नेतको त्यो यादगार भ्यालेन्टाइन, सुनेरै पूर्व मिस नेपाल नम्रताको थामिएन हाँसो
-
समाजवाद हाम्रै पालामा सम्भव छ : प्रचण्ड
-
‘आईसीसी नकआउट ट्रफी’ को नामबाट आयोजना भएको पहिलो संस्करण
-
फाइनल खेलमा क्याच लिने दर्शक ललितले जिते एक लाख पुरस्कार