विक्रान्त मेसीलाई ज्यान मार्ने धम्की
मुम्बई । विक्रान्त मेसीको फिल्म ‘द साबरमती रिपोर्ट’ छिट्टै रिलिज हुँदैछ । घोषणा भएदेखि नै यो फिल्म विवादित विषय बनेर चर्चामा छ । यो चलचित्रको प्रचारप्रसार तीव्र रूपमा भइरहेको छ ।
यसैबिच विक्रान्तले आफूलाई लामो समयदेखि ज्यान मार्ने धम्की आइरहेको खुलासा गरेका छन् । अभिनेताका अनुसार उनको आगामी फिल्मका लागि यस्तो धम्की दिइएको हो ।
फिल्म द साबरमती रिपोर्टको प्रमोसनल कार्यक्रममा विक्रान्तलाई धम्की आएको हो कि भनेर सोधिएको थियो । यसमा अभिनेताले भने, ‘हो, यो कुरा मलाई अहिलेसम्म कसैले सोधेको थिएन, त्यसैले मैले यसबारे बताइनँ । हो, मैले धम्की पाएको छु र अझै पनि आइरहेको छ। तर हामी कलाकार हौँ, हामी कथा बुन्ने गर्छौँ। मानिसहरूले के सोच्छन् वा के महसुस गर्छन् भन्ने कुराले फरक पार्दैन। म भन्न चाहन्छु कि यो फिल्म (द साबरमती रिपोर्ट) पूर्णतया सत्य मा आधारित छ। दुर्भाग्यवश, तपाईं सबैले यो फिल्म अहिलेसम्म हेर्नुभएको छैन। तसर्थ, तपाईँले कुनै पनि पूर्वकल्पित धारणाहरू बनाउनु हुँदैन।’
विक्रान्तले थप भने, ‘म मुद्दामा फर्कन चाहन्छु। म यी धम्कीहरूसँग जुधिरहेको छु र हाम्रो टोलीले पनि यसबारे सँगै काम गरिरहेको छ।’
फिल्मको ट्रेलर लन्च कार्यक्रम नोभेम्बर ६ मा आयोजित गरिएको थियो। सुरुमा फिल्म मे ३ मा रिलिज हुने तय भए पनि लोकसभा चुनावका कारण फिल्म स्थगित भएको थियो । अब यो फिल्म नोभेम्बर १५ मा रिलिज हुँदैछ ।
एकता कपूरद्वारा निर्मित यस फिल्ममा विक्रान्त मेसी, रिद्धि डोग्रा र राशि खन्नाको मुख्य भूमिका रहेको छ । फिल्मको ट्रेलरमा विक्रान्त मेसी, राशि खन्ना र रिद्धि डोग्रा पत्रकारको भूमिकामा देखिएका छन् ।
रञ्जन चन्देलले निर्देशन गरेको यो फिल्म सन् २००२ को गोधरा कान्डमा आधारित छ।
ट्रेलर सार्वजनिक भएदेखि नै गुगलमा ‘द साबरमती रिपोर्ट’को खोजी भइरहेको छ । पछिल्लो एक महिनाको तथ्याङ्क हेर्दा चलचित्रको ट्रेलर सार्वजनिक भएपछि सबैभन्दा बढी खोजी भइरहेको छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा एकता कपुरले मिडियालाई भेटे र फिल्मसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिए। तर, यस क्रममा उनी मिडियाबाट आएका प्रश्नबाट अलि चिन्तित पनि देखिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताकमका युवा मौलिक राधाकृष्ण नाच संरक्षणमा
-
१२ बजे, १२ समाचार : ‘प्रतिनिधि सभा होइन, घोचपेच सभा’देखि रविले निलम्बन फुकुवाको विवेदन दिएपछि सभामुख फायरसम्म
-
राष्ट्रिय परिचयपत्र विवाद : सर्वोच्चले जारी गर्यो तीन बुँदे आदेश
-
ब्रिटिस सेनाको उच्च तहदेखि राजा चार्ल्सको सुरक्षा दलसम्म खाम्चामगर
-
अमेरिकाको घातक हवाई दुर्घटनामा ६७ जनाको मृत्यु
-
सुदूरपश्चिम सम्भावनाले भरिपूर्ण प्रदेश हो : प्रदेश प्रमुख मियाँ