ट्रम्पबारे तालिबानले के भन्यो ?

काबुल । अफगानिस्तानको तालिबान सरकारले पनि अमेरिकामा डोनाल्ड ट्रम्पको चुनाव जितेकोमा प्रतिक्रिया दिएको छ । अफगानिस्तानको तालिबान सरकारको विदेश मन्त्रालयले सन्तुलित परराष्ट्र नीतिको आशा राख्दै आगामी अमेरिकी सरकारले दुई देशबिचको द्विपक्षीय सम्बन्धमा ठोस प्रगति सुनिश्चित गर्ने विश्वास व्यक्त गरेको छ ।
तालिबान सरकारको विदेश मन्त्रालयले भन्यो, ‘नयाँ अमेरिकी सरकारले अफगानिस्तानप्रति व्यवहारिक दृष्टिकोण अपनाउनेछ, जसले दुई देशबिचको सम्बन्धको नयाँ चरण सुरुवात गर्नेछ ।’
तालिवानको विदेश मन्त्रालयले विश्वभर चलिरहेको द्वन्द्व, विशेष गरी गाजा र लेबनानमा जारी तनाव अन्त्य गर्न ट्रम्पले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आशा पनि व्यक्त गरेको छ ।
सन् २०१६ मा ट्रम्प पहिलो पटक राष्ट्रपति बनेपछि आफ्नो कार्यकालमा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यनारायणको बार आज कुन राशिलाई कति लाभ ?
-
वर्ष समीक्षा : होटलमा लगानी ओइरिएको वर्ष
-
वर्षान्त २०८१ः गतिमा ऊर्जा क्षेत्र, पहिलोपटक नेपालको बिजुली बङ्गलादेश पुगेको वर्ष
-
कति पुग्यो अमेरिकी डरलको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
इटालियन सिरी’एमा शीर्ष स्थानको इन्टर र युभेन्ट्सलाई सफलता
-
बुण्डेस लिगामा शीर्ष क्लब बायर्न र बायरलाई झट्का