शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

छठ पर्व : रौतहटमा सुरक्षार्थ ९ सय प्रहरी परिचालन

बिहीबार, २२ कात्तिक २०८१, १० : ४४
बिहीबार, २२ कात्तिक २०८१

रौतहट ।  छठ पर्वको मुख्य दिन आज व्रतालुहरू अस्ताउँदो सूर्यलाई अर्घ दिने तयारीमा लागेका छन्। गाउँ छेउको नदी, जलाशय, तलाउ तथा पोखरी किनारमा निर्मित छठ घाटहरूमा व्रतालुले आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण  गर्ने र भोलि बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ चढाएपछि छठ पर्व सम्पन्न हुनेछ ।

छठ पर्व मनाउन पूजा गर्नको लागि जिल्लाभरिका प्रायः सबै नदी  पोखरी , जलाशयको किनारलाई सफा सुग्घर गरी पण्डाल निर्माण गरी सिंगारिएको छ । पण्डालहरु झिलीमिली बत्तीले दुलही झैँ सजाइएका छन् । 

लगातार ३६ घण्टा सम्म निर्जल र निराहार भएर गरिने छठ व्रत पछिल्लो समय तराईदेखि पहाड सम्मका मानिसहरूले पूर्ण आस्था र श्रद्धा पूर्वक मनाउने गर्छन् । छठ व्रत गर्नाले ईच्छाएको कुरा पुरा हुने, रोगहरू नाश, दरिद्रता नास,सन्तान प्राप्ति  र परिवारमा सुख शान्ति छाउने जनविश्वास रहिआएको छ । 

छठ पर्व हिन्दुका साथै कतिपय मुस्लिम समुदायका महिलाहरूले समेत गर्ने गरेको पाइन्छ। तराई मधेसमा छठ पर्व मा सहभागी हुन जाने छोरी बुहारी तथा व्रतालु महिलाहरू सुन चाँदीको महँगा गहनाहरू लगाएर घाट सम्म जाने चलन रहेको छ। 

जिल्ला सदरमुकाम गौर, चन्द्रनिगाहपुर, गरुडा, कटहरिया, शीवनगर, लगायत जिल्लाको सबै १८ स्थानीय तहको सैयौं स्थानमा लाखौं व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ पण्डालहरु सजाइएको छ। 

छठ पर्वको अवसरमा जिल्लामा कुनै अप्रिय घटना हुन नदिन रौतहट स्थित सुरक्षाको लागि विशेष नीति अपनाइएको छ। छठीघाटहरूको सुरक्षार्थ जिल्ला भरीमा ९०० प्रहरी जनशक्ति परिचालन गरिने सीडीयो हिरालाल रेग्मीले बताएका छन्।

नेपाल प्रहरीका जिल्ला प्रमुख एसपी दिलीप घिमिरेका अनुसार छठ पर्वको सुरक्षार्थ जिल्लामा ९ वटा मोबाइल टोली, ३ वटा रिजर्भ  सहित ४३० जना प्रहरी  डिउटीमा खटिएका छन् । 

त्यस्तै सशस्त्र प्रहरी प्रमुख एसपी विक्रम हुमागाईँले  सशस्त्र प्रहरी बल नेपालका युनिटहरूबाट छठ पर्व अवधिभरको लागि १५२ जना सुरक्षार्थ २४ सै घण्टा डिउटी परिचालन हुने  जानकारी दिए ।

अहिले गौर, चन्द्रनिगाहपुर, गरुडा, कटहरिया, शिवनगरका साथै सीमावर्ती भारतिय बजार बैरगनिया, कुण्डवा चैनपुर, घोडाशहनमा पूजा सामग्री, किराना सामान तथा कपडा किनमेल गर्नेहरूको चहलपहल निकै बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप