इंग्ल्याण्डलाई सजिलै हराउँदै वेस्ट इन्डिजलाई शृङ्खला

ब्रिजटाउन । निर्णायक खेलमा इंग्ल्याण्डलाई ८ विकेटले हराउँदै वेस्ट इन्डिजले तीन खेलको एकदिवसीय शृङ्खला २–१ ले जित्न सफल भएको छ । पहिलो खेल ८ विकेटले जितेको वेस्ट इन्डिज दोस्रो खेलमा भने ५ विकेटले पराजित भएको थियो ।
बुधबार भएको खेलमा इंग्ल्याण्डले प्रस्तुत गरेको २ सय ६३ रनको लक्ष्य वेस्ट इन्डिजले मात्र २ विकेटको क्षतिमा ४२ बल अगावै पछ्यायो । टोलीको जितमा केसी कार्टी र ब्रान्डन किंगले शतकीय इनिङ्स खेले ।
कार्टीले मात्र १ सय १४ बलमा १ सय २८ रन जोडे । उनले १५ चौका र २ छक्का प्रहार गरे । किंगले १ सय १७ बलमा १ सय २ रन बनाए । यस क्रममा उनले १३ चौका र १ छक्का प्रहार गरे ।
एभिन लेविसले १९ रन बनाए । इंग्ल्याण्डका लागि रिस टोप्ले र जेमी ओभर्टनले १–१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा २ सय ६३ रन बनाएको थियो । निकै खराब सुरुवात गरेको पाहुना टोलीले ४ विकेट गुमाउँदा २४ रन मात्र जोड्न सकेको थियो ।
त्यसपछि ओपनर फिल साल्टले साम करनसँग मिलेर इंग्ल्याण्डको इनिङ्स सम्हाले । साल्टले सर्वाधिक ७४ रनको योगदान दिए । करनले ४० रन बनाए । दुवैले ७० रनको साझेदारी गरे ।
त्यसपछि साल्टले डान मोउस्लेसँग अर्धशतकीय साझेदारी गरे । माउस्लेले ५७ रन बनाए । अन्त्यतिर जोर्फा आर्चरले ३८ रन तथा जेमी ओभर्टनले ३२ रन जोडे ।
वेस्ट इन्डिजका लागि म्याथ्यु फोर्डेले ३ विकेट लिए । उनले १० ओभरमा १ मेडेन राख्दै मात्र ३५ रन खर्चिए । अल्जारी जोसेफ र रोमारियो शेफर्डले २–२ विकेट तथा रोस्टन चेसले १ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म