आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फेवाफाँटको जेठोबुढोमा गभारो : भित्राउने बेला धान न पराल

बिहीबार, २२ कात्तिक २०८१, १० : ०५
बिहीबार, २२ कात्तिक २०८१

गण्डकी । जेठोबुढो धानको 'पकेट' क्षेत्रका रुपमा परिचित  पोखराको फेवाफाँटका किसान बालीमा गभारो लागेकाले चिन्तित  छन् । बालमा अन्न लागेको छैन ।  पराल पनि पशुले नखानेगरी बिग्रिएको छ । 

गभारोका कारण यहाँको एक हजार रोपनी क्षेत्रफलमा लगाएको जेठोबुढो खेर गएको तथा अरोगका कारण पराल पनि उपयोग नहुने स्थानीय किसान देविललाल लामिछानेले दुखेसो गरे । गभारोले यस अघि बाली सखाप  नपारेको अनुभव उनले सुनाए । रोगबारे आफूहरू अनभिज्ञ रहेको पीडत किसानले बताएका छन् । 

यसैबीच, पोखरा महानगरपालिका कृषि महाशाखाको एक टोलीले  फेवाफाँट पुगेर बाली निरीक्षण गरेको छ । “ फेवाफाँटमा गभारोको प्रकोप रहेछ ।समयमा नै जानकारी पाएको भए क्षति घटाउन सकिन्थ्यो अब ढिलो भइसकेछ,”महाशाखा प्रमुख मनोहर कडरियाले भने । साथै उनले पीडित किसानलाई कृषि सम्बद्ध संस्थाहरूबाट सहयोग हुनुपर्नेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप