बायर्नको हारको शृङ्खला रोकियो
बिहीबार, २२ कात्तिक २०८१, ०९ : ५१

एलियान्ज एरिना । च्याम्पियन्स लिगमा बायर्न म्युनिखको लगातार दुई खेलको हारको शृङ्खला रोकिएको छ । बुधबार राति टोलीले बेनफिकामाथि १–० को संघर्षपूर्ण जित हासिल गरेको हो ।
जमाल मुसियालाले खेलको ६७ औँ मिनेटमा ह्यारी केनको पासमा गोल गर्दै टोलीका लागि निर्णायक गोल गरे । यसअघि पहिलो हाफमा केन र सर्जी ग्नाब्रीको प्रहार विपक्षी टोलीका गोलकिपरले रोकेका थिए । दोस्रो हाफमा पनि बेनफिकाका गोलकिपर एनाटोली ट्रुबिनले लिरोय सानेको दुईवटा प्रहार बचाए ।
पहिलो खेलमा डाइनामो जाग्रेबलाई ९–२ गोलले हराएको बायर्न त्यसपछि एस्टन भिल्लासँग ०–१ र बार्सिलोनासँग १–४ गोलले पराजित भएको थियो ।
जितसँगै टोली १७ औँ स्थानमा उक्लिएको छ । समान अङ्क भए पनि बेनफिका भने १९ औँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यप्रदेशको कोइलाखानीमा भवनको छत खस्दा तीन मजदुरको मृत्यु
-
सुनगाभा सैनामैना गोल्ड कप : महावीर काठमाडौँ सेमिफाइनल प्रवेश
-
सुदूरपश्चिममा पहिलो पटक बजेटबारे सांसदहरूसँग छलफल
-
विद्युत् प्राधिकरणको नाफा ‘फेक’ हो ?
-
पाङ्ग्रा बिना आएको बुद्ध एयरको विमान काठमाडौँमा सकुशल अवतरण
-
विराट गोल्डकप : एपीएफलाई हराउँदै नेपाल पुलिस सेमिफाइनलमा