कमला ह्यारिसको पराजयमा बाराक ओबामाले दिए यस्तो प्रतिक्रिया
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति चुनावको नतिजा आएपछि पूर्व राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामाले डोनाल्ड ट्रम्प र उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्सलाई बधाई दिएका छन् । ओबामा दम्पतीले नतिजाको प्रतिक्रिया दिँदै भने, ‘चुनावको क्रममा लाखौं अमेरिकीहरूले राष्ट्रपतिलाई मात्र होइन नेतालाई पनि मतदान गरे । अब नतिजाहरू आइसकेका छन् र हामी राष्ट्रपति ट्रम्प र सिनेटर भान्सलाई उनीहरूको जितका बधाई दिन्छौँ ।’
‘स्पष्ट रूपमा यो हामीले अपेक्षा गरेको नतिजा होइन । धेरै विषयमा ट्रम्पसँग हाम्रो गहिरो मतभेद छ । तर लोकतन्त्रको मतलब यही हुन्छ कि हामीले सोचेको सधैँ सही हुन सक्दैन र सत्ता हस्तान्तरणका लागि शान्तिपूर्वक तयार रहनु पर्छ’ उनीहरूले भनेका छ ।
डेमोक्रेटिक पार्टीका उम्मेदवार ह्यारिसका लागि ओबामा दम्पतीले भने, ‘हामीलाई कमला ह्यारिस र उनको पार्टनर टिम वाल्जप्रति गर्व छ । यी दुवै असाधारण जनसेवक हुन्, यी दुबैले कमालको अभियान चलाएका थिए ।’ महामारी र त्यसपछिको मुद्रास्फीतिजस्ता समस्या विश्वका धेरै देशका लागि ठुलो समस्या भएको र अमेरिका पनि यसबाट अछुतो नभएको ओबामाको ठम्याई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?
-
एनपीएलमा सट्टेबाजी : थप दुई भारतीय पक्राउ
-
तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो
-
बशर अल–असदसँग किन सम्बन्ध विच्छेद गर्दैछिन् पत्नी अस्मा ?
-
चिदो चक्रवातका कारण मोजाम्बिकमा ९४ जनाको मृत्यु
-
पाँच महिनामा १८ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात