बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

चाडपर्वहरूले आपसी सद्भाव र एकतालाई मजबुत बनाउँछन् : मुख्यमन्त्री कार्की

बिहीबार, २२ कात्तिक २०८१, ०९ : ०७
बिहीबार, २२ कात्तिक २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेश तथा विदेशमा रहेका दाजुभाई, दिदीबहिनीमा छठको शुभकामना व्यक्त गरेका छन् । आज जारी गरेको शुभकामना सन्देशमा  उनले  संस्कृति र रीतिरिवाजको संरक्षणबाट आपसी सद्भाव र एकतालाई मजबुत बनाउन मद्दत मिल्ने बताए ।  

सन्देशमा उनले भनेका छन्,“ सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न तथा आपसी सद्भाव सुदृढ तुल्याउन छठपर्वका माध्यमबाट प्रेरणा मिल्ने अपेक्षा गरेको छु” ।

छठको  मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम रही भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर सम्पत्र गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप