छठको दोस्रो दिन गरियो खरना
![छठको दोस्रो दिन गरियो खरना](https://npcdn.ratopati.com/media/news/kharana_vUH36TQEIl.jpg)
काठमाडौँ । छठ पर्वको मुख्य व्रत विधि सुरु भएको दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा आज सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाइ बर्तालुले प्रसादस्वरुप खाएका छन् ।
छठ पर्वको दोस्रो दिन आज खरना गरी नुन नखाई एक छाक फलाहार गरिन्छ । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बसेपछि छठको मुख्य व्रत विधि सुरु हुन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि रहेको गुह्येश्वरी गौरीघाट छठ पूजा समिति गुह्येश्वरीका अनिल सिंहले बताए । यो पर्वको मुख्य दिन कात्तिक २२ गते बिहीबार परेको छ ।
कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्मअर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ ।
छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, कमलपोखरीलगायत वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ ।
छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि शुद्ध भएर बस्ने गर्छन् । केही व्रतालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्टअर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखोअर्थात् सात्विक भोजन गरेर बस्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ वर्षमा अमेरिकाबाट ‘डिपोर्ट’ गरिने भारतीय कति पुगे ?
-
मधेसमा मातृका ब्रान्डको अग्नि परीक्षा
-
राजकुमार एडवार्डसँग बेलायती सेनामा भर्ती भएपछिको खुसी साटासाट (तस्बिरहरु)
-
नेपाली पाइलटहरूबिच एकता र सहकार्यमा जोड
-
सरकारी सुविधा दुरुपयोग गरेको आरोपपछि अस्ट्रेलियाकी यातायात मन्त्रीद्वारा राजीनामा
-
जुम्लामा ११ किलोमिटर सडक निर्माण