स्वच्छ खानेपानीको माग गर्दै रौतहटमा आमरण अनसन

रौतहट । रौतहटको दक्षिनिभेग ईशनाथ नगरपालिकास्थित खानेपानी व्यवस्थित गर्नुपर्ने माग गर्दै बुधबार दोस्रो दिन पनि आमरण अनसन जारी रहेको छ । इशनाथ नगरपालिकाको औरैयामा खानेपानीको व्यवस्थापन नगरिएको भन्दै सुधारका लागि स्थानीय उपभोक्ता राकेश ठाकुर ६ बुँदे मागसहित मंगलबार साँझ ५ बजेदेखि आमरण अनसनमा बसेका हुन् ।
स्वच्छ खानेपानको व्यवस्था गर्नुपर्ने, आर्थिक वर्ष २०८०।०८१ सम्मको आयव्यय सार्वजनिक गर्नुपर्ने, विधान अनुसार खानेपानी उपभोक्ता समितिको साधारण सभा यथाशीघ्र गराउनुपर्ने, खानेपानीको सम्पत्ति सार्वजनिक गर्नुपर्ने, उपभोक्ता समितिको पदाधिकारीसहितको नामावली सार्वजनिक गर्नुपर्ने र कम्पाउण्डका रुखहरू बिक्रीबारे मागसहित उपभोक्ता ठाकुर आमरण अनसनमा बसेका हुन् । रिले अनसन ८ दिन बसेपनि स्थानीय सरकारबाट कुनै सुनवाइ नहुँदा बाध्य भएर मंगलबार साँझ ५ बजेदेखि आमरण अनसन सुरु गरेको आन्दोलनकारीका प्रवक्ता जयप्रकाश साहले बताए ।
प्रवक्ता साहका अनुसार २०५२ सालदेखि संचालनमा आएको औंरैया खानेपानी योजना २०५९ सालसम्म जेनतेन सञ्चालन भएपनि २०६० सालमा व्यक्तिको नाममा खानेपानीलाई दर्ता गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनविरूद्ध विद्रोहको मुद्दा
-
कब्जियत हुने पाँच कारण
-
मातृत्व जोगाउने अभियानको शुभारम्भ
-
दिनेश लिङ्देनको निर्देशनमा फिल्म ‘मातृभूमि’ बन्ने
-
सैफ अली खानमाथि आक्रमणको मुद्दामा १६१३ पृष्ठको आरोपपत्र : के-के छ ?
-
शिक्षकका जायज माग पूरा गर्न सरकारको ध्यान जानुपर्छ : सभापति देउवा