शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

स्वच्छ खानेपानीको माग गर्दै रौतहटमा आमरण अनसन

बुधबार, २१ कात्तिक २०८१, २० : २५
बुधबार, २१ कात्तिक २०८१

रौतहट । रौतहटको दक्षिनिभेग ईशनाथ नगरपालिकास्थित खानेपानी व्यवस्थित गर्नुपर्ने माग गर्दै बुधबार दोस्रो दिन पनि आमरण अनसन जारी रहेको छ । इशनाथ नगरपालिकाको औरैयामा खानेपानीको व्यवस्थापन नगरिएको भन्दै सुधारका लागि स्थानीय उपभोक्ता राकेश ठाकुर ६ बुँदे मागसहित मंगलबार साँझ ५ बजेदेखि आमरण अनसनमा बसेका हुन् ।   

स्वच्छ खानेपानको व्यवस्था गर्नुपर्ने, आर्थिक वर्ष २०८०।०८१ सम्मको आयव्यय सार्वजनिक गर्नुपर्ने, विधान अनुसार खानेपानी उपभोक्ता समितिको साधारण सभा यथाशीघ्र गराउनुपर्ने,  खानेपानीको सम्पत्ति सार्वजनिक गर्नुपर्ने, उपभोक्ता समितिको पदाधिकारीसहितको नामावली सार्वजनिक गर्नुपर्ने र कम्पाउण्डका रुखहरू बिक्रीबारे मागसहित उपभोक्ता ठाकुर आमरण अनसनमा बसेका हुन् ।  रिले अनसन ८ दिन बसेपनि स्थानीय सरकारबाट कुनै सुनवाइ नहुँदा बाध्य भएर मंगलबार साँझ ५ बजेदेखि आमरण अनसन सुरु गरेको आन्दोलनकारीका  प्रवक्ता जयप्रकाश साहले बताए ।  

प्रवक्ता साहका अनुसार २०५२ सालदेखि संचालनमा आएको औंरैया खानेपानी योजना २०५९ सालसम्म जेनतेन सञ्चालन भएपनि २०६० सालमा व्यक्तिको नाममा खानेपानीलाई दर्ता गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप