भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
बुधबार, २१ कात्तिक २०८१, २० : ०६

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ स्थित कटुन्जेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०२१ प ८१२७ नम्बरको पल्सर मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी विमला प्रधानाङ्गको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए ।
६९ वर्षीया प्रधानाङ्गको उपचारको क्रममा बुधवार मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चालक रामेछापको सुनापति गाउँपालिका–५ घर भएका दीपक मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ । दुर्घटनाबारे प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय
-
तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै
-
तीन किलोमिटर सडक : ठेकेदार फेर्दा पनि देखिएन बन्ने छाँटकाँट
-
गणेशजीको बार आज कुन राशिलाई कति लाभदायी ?