भैंसेपाटीको हनिट्रयाप घटना अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई
काठमाडौँ । ललितपुरको भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेको घटनाको अनुसन्धान अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गर्ने भएको छ । ललितपुर प्रहरीको प्रस्तावमा सीआईबीलाई सो घटना अनुसन्धान गर्ने जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
यसअघि सो घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरेको थियो । ललितपुर प्रहरीले पक्राउ परेका ४ जना आरोपीसहित अनुसन्धान फाइल सीआईबीलाई हस्तान्तरण गरेको छ । सो प्रकरणमा पक्राउ पर्नेमा सुनसरीको इटहरी घर भएकी भिमादेवी थापा, ताज मुल इस्लाम, धनकुटा घर भएर इटहरी बस्ने सुस्मा बिक र प्रहरी सहायक हवल्दार महेन्द्र हमाल छन् । घटनामा संलग्न इटहरी घर भएका दर्शन पोखरेल फरार छन् । उनीहरुविरुद्ध संगठित अपराध र आपराधिक लाभ सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।
आरोपीहरुले घर जग्गा व्यवसायीलाई हनिट्रयापमा पारेर ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भनेर रकम असुलेको आरोप छ । आरोपीहरुसँग मिलेको आरोपमा भैंसेपाटी प्रभागमा कार्यरत इन्स्पेक्टर विनु शाहीलाई निलम्बन गरिएको छ । उनीविरुद्ध पनि अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।
ललितपुरको सानागाउँ बस्ने घरजग्गा कारोबारीबाट सो समूहले ३० लाख असुलेका थिए । दुई पटकमा २० लाख नगद भिमादेवी थापाको खातामा जम्मा भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीहरुले १० लाखको चेक लिएको भेटिएको छ । आफूसँग रकम असुल्न इन्स्पेक्टर विनु शाही पनि मिलेको ती व्यवसायीले आरोप लगाएका छन् ।
इटहरीका ताज मुल इस्लाम सो घटनाका मुख्य योजनाकार हुन् । दरबारमार्गमा पनि उनले दोलखा घर भएका निर्माण व्यवसायी बिदुर शर्मालाई ‘हनिट्रयाप’मा फसाएर रकम असुलेको भेटिएको छ । काठमाडौँको ठमेलस्थित एक होटलमा १९ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा शर्माविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा जोहरी दर्ता भएको छ । तर, शर्मासँग इस्लामले रकम लिएपछि किशोरीले जाहेरी फिर्ता लिन्छु भन्दै दरबारमार्गमा निवेदन दिएको अनुसन्धानबाट थाहा भएको छ । वैशाख १९ मा जागिर लगाइदिने प्रलोभन देखाएर होटलमा लगेर आफूलाई बलात्कार गरेको किशोरीले जाहेरीमा उल्लेख गरेकी छन् । तर, अनुसन्धान गर्दा इस्लामले शर्मासँग रकम लिएको भेटिएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
दरबारमार्गको घट्नाको अनुसन्धान क्षेत्र ललितपुर प्रहरीको नपर्ने भएपछि सीआईबीलाई अनुसन्धान गर्ने जिम्मा दिइएको प्रहरी प्रधान कार्यालयका उच्च अधिकृतले बताए । ती अधिकृतले भने,‘यसमा दुइवटै घटना जोडेर अनुसन्धान गर्नुपर्ने देखिएपछि सीआईबीलाई अनुसन्धान गर्ने जिम्मेवारी दिइएको हो ।’
इटहरी बस्ने १९ वर्षीया सुस्मा विकले असोज ६ मा भैंसेपाटी प्रभागमा आफूलाई एक पुरुषले गालीगलौज र धाकधम्की दिएको भन्दै उजुरी दिएकी थिइन् । उजुरी परेपछि बोलाएर छलफल गराएको इन्स्पेक्टर शाहीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुआब्जा नपाएको रेलमार्ग प्रभावितको गुनासो
-
श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे काठमाडौँ आउँदै
-
विद्यालयको नाम र स्थान परिवर्तनमा विरोध भए निवेदन दिन काठमाडौँ महानगरको आग्रह
-
पश्चिम नेपालमा किन गइरहेको छ एकपछि अर्को भूकम्प ?
-
कांग्रेसका नेताहरूले माओवादीसँग ओली सरकार फेर्न प्रस्ताव ल्याएका छन् : वर्षमान पुन
-
दुर्गा प्रसाईंले ‘भ्वाइस टेष्ट’ गराउन मानेनन्