उपनिर्वाचनमा एकताबद्ध भएर परिचालन हुन कांग्रेसको निर्देशन
![उपनिर्वाचनमा एकताबद्ध भएर परिचालन हुन कांग्रेसको निर्देशन](https://npcdn.ratopati.com/media/news/congress-office_tnLt13A2YD.jpg)
काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले आसन्न स्थानीय तहको उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई जिताउने गरी एकताबद्ध भएर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएको छ ।
पार्टीको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिले सो निर्वाचनमा पार्टी विजयी हुनेगरी परिचालन हुन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएको हो । पार्टी महामन्त्री एवं समितिका संयोजक विश्वप्रकाश शर्माको अध्यक्षतामा बुधबार पार्टी मुख्यालय सानेपामा बसेको बैठकले संयमताका साथ सम्पन्न गराउनका लागि हार्दिकता साथ प्रस्तुत हुन पनि सबै राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।
लोकतान्त्रिक पद्धतिप्रतिको आम नागरिकको विश्वासलाई अझै खँदिलो बनाउने गरी सो उपनिर्वाचनलाई हार्दिकताका साथ सम्पन्न गराउन बैठकले सबै राजनीतिक दलहरूलाई आग्रह पनि गरेको महामन्त्री शर्माले बताए ।
उनले भने, ‘म देशभरिका पार्टी पंक्तिलाई अपिल गर्न चाहन्छु, आग्रह गर्न चाहन्छु कि अत्यन्त संयमताका साथ, अत्यन्तै शालीनताका साथ, जिम्मेवारी बोधका साथ, परिपक्वताका साथ निर्वाचनको प्रतिस्पर्धामा सामेल बनौँ । यो निर्वाचन जित–हारको विषय मात्रै नभएर यो निर्वाचन कसरी सम्पन्न हुन्छ ? त्यसले हाम्रो राजनीतिको सन्दर्भमा एउटा सन्देश दिन्छ । त्यसैले प्रतिस्पर्धा तर उत्तिकै हार्दिकता, हार्दिक प्रतिस्पर्धा तर प्रतिस्पर्धी दलहरूसँगको, उम्मेदवारहरूसँगको उत्तिकै आवश्यक समन्वय यो बेलामा जरुरी छ ।’
महामन्त्री शर्माले उपनिर्वाचनमा आचारसंहिता विपरीतका गतिविधिहरू गर्ने, उत्तेजनात्मक अभिव्यक्तिहरू राख्ने कामले नागरिकको लोकतन्त्रप्रतिको भरोसा टुट्दै जाने भएकाले त्यस्ता खालका गतिविधि गर्न नहुने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकविरुद्ध भ्रम नफैलाउन चार संस्थाकाे आग्रह
-
पूर्वप्रेमीले व्यक्तिगत सम्बन्धका भिडियो आफन्तको म्यासेन्जरमा पठाएपछि...
-
पूर्वाधार समितिमा मन्त्री खड्कालाई सत्ता र प्रतिपक्ष सांसदहरूको प्रश्नै–प्रश्न
-
भूमि आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त, को–कहाँ ? (सूचीसहित)
-
मेक्सिकन क्लब मोन्टेरीमा आबद्ध भए रियल म्याड्रिडका पूर्वखेलाडी सर्जियो रामोस
-
रेबिज लागे मृत्यु पक्का !, जोगिन के गर्ने ?