उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन कांग्रेसले तोक्यो नेताको जिम्मेवारी

काठमाडौँ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन नेपाली कांग्रेसले नेताहरूको जिम्मेवारी तोकेको छ । बुधबार केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको पार्टीको स्थानीय तह उपनिर्वाचन केन्द्रिय संयोजन समितिको बैठकले पार्टीका उम्मेदवारलाई विजयी गराउन नेताहरूको जिम्मेवारी तोकेको हो ।
कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकले उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक, समन्वय र सहजीकरण गर्न बैठकले जिम्मेवारी तोकेको बताए । उनका अनुसार बैठकले महालक्ष्मी उपाध्याय ‘डिना’ बागमती प्रदेश, भीष्मराज आङ्दम्बे कोशी प्रदेश, महेन्द्र यादव मधेस प्रदेश, जीवन परियार कर्णाली प्रदेश र गण्डकी प्रदेश, डा. प्रकाशशरण महत अन्तर पार्टी समन्वय, एनपी साउँद सुदूरपश्चिम प्रदेश, पुष्पा भुसाल लुम्बिनी प्रदेश एवं निर्वाचन आयोग समन्वय, मीन विश्वकर्मा प्रचार प्रसार संयोजन, मधु आचार्य स्थानीय तह समन्वय र नानु बाँस्तोलालाई सचिवालय व्यवस्थापनको जिम्मेवारी तोकेको छ ।
बैठकले उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन सम्पूर्ण एकता, शालीनता र सक्रियताका साथ अघि बढ्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जामन्त्री खड्काद्वारा शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ
-
डीएलएद्वारा नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ
-
समितिमा रहेका विधेयक चैत मसान्त भित्रै प्रतिनिधि सभामा पेस गर्न अर्थमन्त्री पौडेलको आग्रह
-
स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेमा ध्यान केन्द्रित गर्नुपर्छ : राष्ट्रपति पौडेल
-
चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी
-
वसन्त ऋतुको आगमनसँगै फक्रिए चेरी र आरुका फूल (तस्बिरहरू)