राजभाइको व्यक्तिगत खर्चमा अस्पताल भवन बन्दै

काभ्रे । काभ्रेको शिर मेमोरियल अस्पतालको बहिरंग विभाग भवनको शिलान्यास गरिएको छ । बनेपाका स्थानीय राजभाई प्रधानले व्यक्तिगत खर्चमा बनाइदिने गरी बुधबार सो भवनको शिलान्यास गरिएको हो ।
३ करोड ५० लाख लागत अनुमान भएको भवन निर्माणको लागि प्रधानले रकम सहयोग गरेका हुन् । अस्पतालमा बहिरंग र अन्तरंग सेवाको लागि कोठा अभाव हुँदा सेवा विस्तार हुन कठिनाइ हुँदै आएको थियो ।
८ वर्षअघि भवन निर्माणको विषय अघि बढाएका प्रधानले नक्सा निर्माण, नक्सा पास लगायतका कामले केही ढिला भएको बताए । समाजलाई केही योगदान दिनुपर्छ भनेर अस्पतालको सेवा विस्तारको लागि भवन निर्माणलाई सहयोग गरेको उनले बताए ।
बनेपा स्थायी घर भएका प्रधान हाल ललितपुरको बागडोल बस्दै आएका छन् । शिक्षा, स्वास्थ्य क्षेत्रको लागि सहयोग गर्दै आएका प्रधानले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल), कोटेश्वर, कुलेश्वर लगायतका क्षेत्रमा सामाजिक कार्य गर्दै आएका छन् ।
१२ हजार वर्गफिटमा बन्ने २ तले बहिरंग विभागको भवन २ वर्षमा पुरा हुने लक्ष्य राखिएको छ । राजभाई प्रधानका मामा ९१ वर्षीय तप्तराज वन्तले भवन शिलान्यास गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बाटो खुल्यो
-
नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एक बढुवा
-
प्रहरीले एकै महिनामा ५२ करोड भन्दा बढी राजस्व उठायो
-
केपी ओली कप फुटबल : रोमाञ्चक खेलमा एपीएफलाई हराउँदै संकटा क्लब सेमिफाइनलमा
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
-
महाशिवरात्रिका दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको ढोका खोल्ने निर्णय