‘ग्ल्याम नेपाल इन्टरनेसनल’ शो हुँदै, बलिउड अभिनेत्री उर्वशी नेपाल आउने
काठमाडौँ । बलिउडकी चर्चित अभिनेत्री उर्वशी रौटेला नेपाल आउने भएकी छन् । होटल याक एन्ड यतिमा आगामी १४ डिसेम्बरमा आयोजना हुने फेसन शो हेल्दी च्वाइस ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’ मा शो टपरको रूपमा सहभागी हुन रौटेला नेपाल आउने भएकी हुन् ।
तीन सिजन भव्य रूपमा सम्पन्न भैसकेको ‘ग्ल्याम नेपाल इन्टरनेशनल’ को यो चौथो सिजन हो । ट्रयु स्किन एन्ड हेल्दी च्वाइस मुख्य प्रायोजक रहेको फेसन शोमा सहभागीका लागि मोडलको आवेदन खुल्ला गरिएको छ ।
आयोजक प्रारम्भ प्रोडक्सनले बुधवार एक विज्ञप्ति जारी गर्दै मोडलका लागि आवेदन खुल्ला भएको जानकारी दिएको हो । शोमा सहभागी हुन चाह मोडलले इसेवा एप मार्फत आवेदन फर्म भर्न सक्नेछन् ।
शोमा सहभागी मोडलहरूमा फिमेलका लागि ५.४ फिट र मेलका लागि ५.१० फिट हाइट माथि हुनुपर्ने प्रावधान छ । शो का लागि मोडल छनौट अडिसन ९ नोभेम्बरमा होटल हिमालयनमा आयोजना हुनेछ ।
जसबाट ६ मेल र २४ फिमेल गरेर ३० मोडल छानिने आयोजक प्रारम्भ प्रोडक्सनका फाउन्डर निर्देशक पवन आचार्यले जानकारी दिए ।
नेपालका उत्कृष्ट डिजाइनरहरूले तयार पारेको आकर्षक र नयाँ फेसनका डिजाइनहरू फेसन शोमा विभिन्न सिक्वेलमा प्रस्तुत हुनेछ । फेसन नयाँ र आकर्षक पहिरनको बारेमा फेसन प्रेमीलाई जानकारी दिने र फेसन डिजाइनरलाई प्रोत्साहन गर्ने उद्देश्यले फेसन शो आयोजना गर्न लागिएको हो ।
फेसन शोमा व्यवसायी, कलाकार, मोडल लगायतका विभिन्न व्यक्तिहरूको सहभागिता रहनेछ । शो को उत्कृष्ट मोडल तथा डिजाइनरले अस्ट्रेलियामा हुने ग्ल्याम इन्टरनेशनलमा सहभागीको अवसर प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पलाई ह्यारिसले दिइन् बधाई
-
कृषिमन्त्री अधिकारी मेक्सिको प्रस्थान
-
१२ बजे, १२ समाचार : 'अमेरिकाको राष्ट्रपतिमा ट्रम्पको दोश्रो इनिङ'देखि राष्ट्रसंघका पूर्व कर्मचारी बाल यौन दुराचारी ठहर'सम्म
-
देशलाई नयाँ युगतर्फ उन्मुख गर्न नेपाल विश्वविद्यालयको भूमिका महत्वपूर्ण : अर्थमन्त्री पौडेल
-
व्रतालुलाई अर्घ्य चढाउन नयाँ बस्त्र
-
पोखरामा पनि छठ पर्व मनाइँदै