नेपालले थाइल्यान्डलाई दियो १०३ रनको लक्ष्य
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी यू–१९ महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा बुधबार नेपालले थाइल्यान्डलाई जितका लागि एक सय तीन रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय दुई बनाएको हो । नेपालका लागि कप्तान पुजा महतोले ३५ रनको योगदान गरिन् । सोनी पाख्रिनले पनि १९ रन बनाइन् ।
नेपाली टोलीका लागि समाना केसीले पनि अविजित १९ रनको योगदान गरिन् । एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपाल र थाइल्यान्डका अतिरिक्त आयोजक यूएई र कुवेत पनि सहभागी छन् ।
नेपालले दोस्रो खेल बिहीबार कुवेतसँग खेल्नेछ । प्रतियोगितामा सहभागी चारवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । अंक तालिकाको पहिलो स्थानमा रहने टोली विश्वकपमा छनोट हुनेछ । यू–१९ महिला विश्वकप सन् २०२५ मा मलेसियामा आयोजना हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई हिरासतमा राख्न अदालतको आदेश
-
रवि लामिछानेको बहस स्थगित, ४ जनाले गरे बहस
-
सत्तामा एकाएक बढ्यो जसपा नेपालको ‘बार्गेनिङ पावर’
-
चलचित्र विकास बोर्डले गर्यो विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान
-
भन्सारका प्रविधियुक्त उपकरणलाई भरपुर रूपमा प्रयोग गरिएको छैन : सांसद कार्की
-
राष्ट्रिय किताब खानामा शिक्षामन्त्रीको छड्के अनुगमन