राष्ट्रसंघका वरिष्ठ पूर्वअधिकारी ड्यागिल्स नेपालमा बालयौन दुराचारमा दोषी ठहर
काठमाडौँ । सर्वोच्च अदालतले संयुक्त राष्ट्रसंघका पूर्व वरिष्ठ कर्मचारी एवं क्यानेडियन नागरिक पिटर जोन ड्यागिल्सलाई बाल यौन दुराचार (पेडोफाइल) मा दोषी ठहर गरेको छ । क्यानेडियन नागरिक ड्यागिल्सलाई बाल यौन दुराचारमा दोषी ठहर गरेको सर्वोच्च अदालतका सह प्रवक्ता गोविन्द घिमिरेले बताए ।
न्यायाधीशद्धय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले वुधबार उनलाई दोषी ठहर गरी जिल्ला अदालत काभ्रेपलान्चोक र उच्च अदालत पाटनको फैसला सदर गरेको छ। सर्वोच्चले कैदको हकमा भने एक वर्ष कम गरेको छ। सर्वोच्चले ९ वर्ष कैद गर्ने जिल्ला र उच्चको फैसलालाई केही उल्टी गर्दै ८ वर्ष कैद गर्ने फैसला सुनाएको छ। सर्वोच्चले क्षतिपूर्तिको हकमा भने जिल्लाकै फैसला सदर गरेको छ।
२०७४ चैत २४ गते काभ्रेको मण्डन देउपुरमा रहेको आफ्नै फार्म हाउसमा दुई जना नाबालिगसँग रंगेहात पक्राउ परेपछि नेपालमा उच्च तहका व्यक्तिको संलग्नतामा पेडोफाइल (बाल यौन दुराचार भएको) भनी अन्तर्राष्ट्रिय रूपमा चर्चा भएको थियो ।
जिल्ला अदालतले पिटरलाई ९ वर्षको जेल सजाय र दुई जना पीडित बालकलाई मनासिब क्षतिपूर्ति भराउन आदेश गरेको थियो । पिटर संयुक्त राष्ट्रसङ्घ (युएन) का पूर्व वरिष्ठ कर्मचारी हुन् । क्यानाडेली नागरिक पिटरले संयुक्त राष्ट्रसङ्घको कन्ट्री रिप्रिजेन्टेटिभका रूपमा अफगानिस्तानमा काम गरिसकेका छन् ।
नेपालमा भेटिएका भीभीआईपी बाल–यौन दुराचारी हुन् पिटर जोन ड्यालग्लिस
संयुक्त राष्ट्रसङ्घको विशिष्ट पदमा रहेर काम गरिसकेको पिटर बाल–यौन दुराचारको अभियोगमा २०७४ चैत २४ गते काभ्रेको मण्डन देउपुरबाट पक्राउ परेका थिए । क्यानेडेली नागरिक पिटर धेरै पहिलेदेखि नै शङ्काको घेरामा भए पनि एक हाई प्रोफाइल व्यभिचारी भएकाले उम्कँदै आएका थिए ।
संयुक्त राष्ट्रसङ्घको उच्च तहको कर्मचारी भएकै आडमा उनी शङ्काको घेरामा परे पनि उन्मुक्ति पाउँदै आएका थिए । सन् २००२ देखि पटक पटक नेपाल आएका उनी बाल–यौन दुराचारकै लागि नेपाल आउने गरेको प्रहरी अनुसन्धानपछि अदालतमा दायर अभियोग पत्रमा दाबी गरिएको थियो ।
सन् २००२ मा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को सिनिएर एड्भाइजरका रूपमा उ पहिलोपटक नेपाल आएको थियो। त्यतिबेला दुई वर्ष नेपालमा बसेको पिटर त्यसपछि पनि नेपाल आउने र जाने गरिरहन्थ्यो।
त्यही बिचमा पिटरको युएनको कन्ट्री रिप्रिजेन्टेटिभका रूपमा अफगानिस्तानमा ५ वर्षका लागि पोस्टिङ भए पनि उनी नेपाल आएका थिए । सन् २००२ देखि नै उसले नेपालमा बाल–यौन दुराचार गरेको प्रहरीको निष्कर्ष छ। त्यतिबेलादेखि नै पिटरले गरिब बालबालिकालाई पढाइदिने, आर्थिक सहयोग गर्ने र बदलामा बाल–यौन दुराचार गर्ने गरेको प्रहरीको भनाइ छ।
सन् २००२ देखि करिब ५० जना बालबालिकालाई आर्थिक तथा शैक्षिक सहयोग गरेको उसले उनीहरूमध्ये अधिकांशलाई यौन दुराचार गरेको बताइन्छ। सन् २००९ मा पिटरले नेपालमा काम गर्दाको सहयोगी चिरिकाजी महर्जनलाई प्रयोग गरेर उसले काभ्रेको मण्डन देउपुरमा १० रोपनी जग्गा किनेर फार्म हाउस बनाएका थिए । त्यही फार्म हाउसलाई नै उसले आफ्नो यौन दुराचारको अखडा बनाएको अनुसन्धानबाट खुलेको थियो ।
तीन वटा मानार्थ पिएचडी र विभिन्न सम्मान पाएका थिए । अदालतले डाल्ग्लीशलाई पीडित बालकलाई जनही पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउन समेत आदेश दिएको थियो ।
डाल्ग्लीश निकै सम्मानित मानवीय कार्यकर्ता थिए। उनी विश्वभर छरिएका परियोजनाहरूमा आबद्ध थिए। विपन्न बालबालिकाको सेवाको लागि उनलाई सन् २०१६ मा ’अर्डर अफ क्यानडा’ भनिने देशकै दोस्रो ठुलो सम्मान प्रदान गरिएको थियो। सन् १९८० को दशकमा उनले अर्का एक जनासँग मिलेर स्ट्रिट किड्स इन्टरन्याशनल नामक संस्था स्थापना गरेका थिए । त्यो संस्था पछि सेभ द चिल्ड्रेन नामक संस्थासँग गाभिन पुग्यो।
उनी सन् २०१५मा अफगानिस्तानमा यूएन ह्याबिट्याटमा आबद्ध भएका थिए। नेपालमा चाहिँ उनी सन् २००० को दशकमा आईएलओका सल्लाहकार नियुक्त भएका थिए।
के हो पेडोफाइल भनेको ?
पेडोफाइल ग्रीक शब्द हो। यो दुई शब्द पेडो र फाइल मिलेर बनेको हुन्छ। पेडोको अर्थ बच्चा र फाइलको अर्थ माया हुन्छ। दुवै जोड्दा बन्ने पेडोफाइलको शाब्दिक अर्थ बालबालिकाप्रति गरिने माया वा स्नेह हो। तर, हिजोआज बालबालिकालाई माया र स्नेह गर्ने बहानामा उनीहरूमाथि यौन दुर्व्यवहार गर्ने वा त्यस्तो क्रियाकलापमा संलग्न गराउने वयस्क बाल–यौन दुराचारीलाई बुझाउन यो शब्दको प्रयोग भइरहेको छ।
यसले बालबालिकासँग यौनईच्छा वा यौन कल्पना गर्ने व्यक्तिलाई समेत बुझाउँछ। बाल–यौन दुराचारी यौन क्रियाकलापका लागि बालबालिकाप्रति आकर्षित हुन्छन्। उनीहरू एक किसिमका यौन दुर्व्यसनी हुन् जो बालबालिकाबाट मात्र यौन आनन्द प्राप्त हुन्छ भन्ने ठान्छन्।
यस्ता बाल–यौनदुराचारी व्यक्ति वा पेडोफाइल कम्तीमा पनि १६ वर्षभन्दा माथिका र बालबालिकाभन्दा कम्तीमा पनि पाँच वर्ष वा सोभन्दा बढी उमेरका हुनुपर्छ।
पेडोफिलिया शव्दले भने बाल–यौनदुराचारसँग सम्बन्धित क्रियाकलापलाई बुझाउँछ। पेडोफिलिया अर्थात् बाल–यौन दुराचार बलात्कार, हाडनाता करणीजस्तै एक गम्भीर प्रकारको दुर्व्यवहार हो। यसले पीडितलाई शारीरिकभन्दा पनि मानसिक रूपमा गम्भीर असर पुर्याउँछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी ५ कारणले डोनाल्ड ट्रम्पलाई राष्ट्रपतीय चुनाव जितायो
-
नेपाल विश्वविद्यालयको औपचारिक घोषणा
-
उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन कांग्रेसले तोक्यो नेताको जिम्मेवारी
-
राजभाइको व्यक्तिगत खर्चमा अस्पताल भवन बन्दै
-
कोशी प्रदेश सरकारको प्रवक्तामा भूपेन्द्र राई
-
नागढुंगाबाट आधा केजी सुनसहित एक जना पक्राउ